नेदरल्याण्ड्ससँग नेपाल ४५ रनले पराजित

६ बर्ष अगाडि

काठमाडौँं- विश्वकप छनोटको सातौं स्थानको प्ले अफमा नेपाल नेदरल्याण्ड्ससँग ४५ रनले पराजित भएको छ । 

नेदरल्यान्ड्सले प्रस्तुत गरेको १९० रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ४४.४ ओभरमा सबै विकेट गुमाउँदै १४४ रन मात्र जोड्न सक्यो । 

नेपालका लागि सोमपाल कामीले ३६, कप्तान पारस खड्काले २२, दिपेन्द्रसिंह ऐरीले २५, करण केसीले १३ र सन्दिप लामिछानेले १४ रन जोड्नुबाहेक अन्य पाँच खेलाडीले दोहोरो अंकसमेत जोड्न सकेनन् । 

ओपनर ज्ञानेन्द्र मल्ल चार रनमा आउट हुँदा अर्को ओपनर अनिल साहले पनि मात्र आठ रन जोड्न सके भने शक्ति गौचन र रोहित पौडेल शून्यमै आउट भए । त्यस्तै, आरिफ शेखले पाँच र ललित राजवंशीले २ रन जोडे । 

नेपाललाई सस्तैमा समेट्ने क्रममा नेदरल्यान्ड्सका रोलफ भानडर मर्व एक्लैले ४ विकेट लिएका थिए । 

यसअघि टस जितेर ब्याटिङ रोजेको नेदरल्याण्ड्सले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर १८९ रन बनाएको थियो । 

नेदरल्यान्ड्सलाई मध्यम स्कोरमा समेट्ने क्रममा नेपालका लागि सोमपाल कामीले ४ विकेट लिए भने ललितनारायण राजवंशी र सन्दिप लामिछानेले समान दुई÷दुई र शक्ति गौचनले एक विकेट लिए । 

एकदिवसीय मान्यता पाइसकेको नेपालका लागि आजको खेल प्रतिष्ठाको लडाइँ मात्र थियो । 

६ बर्ष अगाडि

प्रतिक्रिया