१४ करोड मागदाबी सहित एभरेष्ट मोवाइलका प्रोपराइटर विष्णु माथि राजस्व चुहावटमा मुद्दा दायर

२ बर्ष अगाडि

काठमाडाै,  राजस्व अनुसन्धान कार्यालय बुटवलले एभरेष्ट मोवाइल सेन्टरका प्रोपराइटर विष्णु ज्ञवाली उपर १४ करोड ७५ लाख रुपैयाँको मागदाबी लिएर उच्च अदालत तुल्सीपुर बुटवलमा मुद्दा दायर गरेको छ ।

रुपन्देही, जिल्ला सिद्धार्थनगर नगरपालिका वडा नं। ९ रुपन्देही स्थायी ठेगाना भएका एभरेष्ट मोवाइल सेन्टरका प्रोपराइटर ज्ञवालीले मोबाईलजन्य मालवस्तुहरुको बिजक जारी नगरी तथा भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको विभागले जनाएको छ ।

अनुसन्धानका क्रममा उनको पसलबाट भन्सार चोरी पैठारी गरी मालवस्तुको अधिक मौज्दात देखाई निज प्रतिवादीले अवैध (लुज)ं बिल बिजकबाट मालवस्तु खरिद र बिक्री गरी वास्तविक बिक्री आय लुकाएको, बिल बिजक जारी नगरी मालवस्तु बिक्री गरिएको तथा भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको पाईएको विभागले जनाएको छ ।

ज्ञवाली उपर अधिक मौज्दातबाट ७ करोड ३७ लाख ७५ हजार ५७६ रुपैयाँ कायम भएको बिगो कायम गरी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) ऐन, २०५२ बमोजिम कायम भएको विगोको शत प्रतिशत जरिवाना तथा ३ वर्षसम्म कैद सजायको मागदावी गरी अभियोग पत्र दायर गरिएको कार्यालयले जनाएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया