(Saturday, 23 March, 2019)
By: आजको अर्थ
पुस ६, २०७५

काठमाडौं – अशोक दर्जी अहिलेका सर्वाधिक चर्चित बाल गायक हुन् । नेपालका
चर्चित गायक तथा संगीतकार टंक बुढाथोकीसँग मन बिनाको धन ठूलो की धन
बिनाको मन गीत गाएर चर्चाको शिखरमा पुगेका अशोकले निकै छोटो समयमा
दर्शकको मन जित्न सफल भएका छन् । अशोक सानो उमेरमै देश विदेशको
कार्यक्रममा निकै व्यस्त छन् ।

पहिलो गीत सपफल भएपछि दर्शकले अशोकको दोस्रो गीतको पनि निकै प्रतिक्षा
गरिरहेका थिए । नभन्दै दर्शकको प्रतिक्षाको फल आएको छ । भर्खरै मात्र
अशोकको दोस्रो गीत सार्वजनिक भएको छ । उक्त गीतले अहिले तहल्का पिटिरहेको
छ । नेपालको टेन्डिङ नम्बर एकमा एकछत्र राज गरिरहेको छ ।
अशोकको गीतले
तहल्का पिटेपछि उनको घरमा पनि खुशीयाली छाईरहेको छ । टंक बुढाथोकीको शब्द
र संगीत रहेको चौरीको चाम्रो छुर्पी बोलको गीतमा टंक, अशोक र ए.आरको आवाज
रहेको छ । उक्त गीतको भिडियोमा पनि टंक, अशोक र ए.आरलाई फिचरिङ गराइएको छ
। उक्त गीतको भिडियो निकै राम्रोसँग तयार पारिएको छ ।

गीतको भिडियोमा अशोक र ए.आरलाई निकै खुलेको देख्न सकिन्छ । पहिलो गीतले जस्तै अशोकको
दोस्रो गीतले पनि दर्शकको मन जितेको छ ।
हेर्नुहोस् भिडियो

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत