बैंक तथा वित्तीय संस्थाको साइबर सेक्युरिटी कस्तो छ ? ह्याकरको आँखा कमजोर प्रणालीमा यसरी चोरिन सक्छ खातामा रहेको रकम

५ बर्ष अगाडि

काठमाडौ – भारतमा पछिल्लो समयमा बैंकका कर्मचारीको मिलेमतोमा नै पासवर्ड लिक गरेर एउटा व्यक्तिको खातामा रहेको पैसा अर्को व्यक्तिको एकाण्टमा टान्सफर्मर हुने गरेको हटना बढ्दै गएको पाइएको छ ।
पासवर्ड लिक गराउन बैंकका कर्मचारीको समेत मिलमतो रहेका अनुसन्धानबाट खुलेको छ । ह्याकहरुले रायपुरको एक बैंकबाट फरक फरक २६ खातामा रकम टान्सर्फर गरेको पाइएको छ ।

रायपुरको  कमर्सिएल को अपरेटिभबाट २.४७ करोड रकम ह्याक गरी पश्चिम बंगाल, आन्ध्रप्रदेश, उत्तरप्रदेशलगायतका आधार दर्जन राज्यमा टान्सर्फर गराएको पाइएको छ । ह्याक गरिएको रकम सानो भएपनि त्यसमा प्रयोग भएको चोरीको सूत्र भने अन्य निकायका लागि समेत खतरा रहेको पाइएको छ । बैंकका कर्मचारी वा सिििटभी जडान भएका स्थानबाट बैंकका ग्राहकको पासवर्ड चोरी भएको पाइएको छ ।

ह्याकहरुले एटिएम मेशिनमा जडान गरेका सुक्षम क्यामेरा तथा बै.कले नै लगाएको सिसिटिभी क्यामेराका माध्यमबाट पासवर्ड लिक गरेका छन् । जानकारहरुले सामान्य गल्तीबाट बैंकमा रहेको खाताबाट रकम चोरी भएको जनाएका छन् । पासवर्डमा प्रयोग भएका नम्बर तथा प्रयोगमा गरिएको असावधानी पनि ह्याकको कारण बनेको छ ।   

विशेष गरी विदाको दिन बैंकमा कार्यरत कर्मचारीलाई पनि प्रभावमा पारिएको पाइएको छ । बैंक बन्द हुने समयमा नै त्यस्तो आर्थिक अपराध गरिएको छ । किनकी विदाको अघिल्लो दिन साँझ गरि।ने त्यस्तो अपराध खातावालाले बैंक खुल्ने दिन मात्रै थाहा पाउने छन् । कर्मचारी र ह्याकरको बीचमा समेत कुनै न कुनै प्रकारको सम्बन्ध रहने गरेको अनुसन्धानबाट खुलेको छ ।

यस्तै ह्याकहरुले सबै रकम एउटै खातामा टान्सर्फर नगर्ने र धेरै भन्दा धेरै खाता रोज्ने गरेका छन् । त्यसबाट एउटै खातामा रकम पठाउँदा त्यो रोकिन पनि सक्ने भएकाले धेरै खाता रोजिएको हुन सक्ने देखिन्छ । एउटै खातामा रकम निकाल्न समेत समसया पर्न सक्छ, त्यसकारण पनि विभिन्न राज्यका विभिन्न बैंकमा पैसा पठाइएको पनि हुन सक्छ ।

एटिएममा सिमित मात्रै पैसा निकाल्न सकिन्छ । त्यसकारण धेरै बैंकका धेरै खातामा पैसा पठाउँदा सजिलै रुपमा ह्याक गरिएको रकम निकाल्न सकिन्छ । त्यसतर्फ पनि ह्याकरहरुले ध्यान दिएको देखिन्छ ।

यस्तै पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले प्रयोग गरेको इन्टरनेट सुरक्षा पनि कमजोर रहेको पाइएको छ । त्यसको फाइदा ह्याकहरुले उठाएका  छन् । यस्तै बैंकले नयाँ खाता खोल्दा वा खाता सञ्चालनमा ल्याउँदा दिने पासवर्ड तथा गोग्य सूचना समेत बैंकबाट नै लिक हुने गरेको पाइएको छ ।  यस्तै प्रयो भएका सफ्टवेयरको समेत कुनै अपडेट नभएको पाइएको  छ । सुरक्षा कोडिङमा समेत समस्यामा रहेको छ । जसका कारण सजिलैसँग भाइरस समेत पठाउन सकिने खाता ह्याक गर्न सकिने अवस्था रहेको छ । भाइरस पठाएर पनि सजिलै बैंक खातामा कस्को के कति मात्रामा रहेको छ, त्यसलाई कसरी अर्को खातामा पठाउन सकिन्छ भन्ने पनि पत्ता लाग्न जान्छ । ह्याकरले बैंकको प्रणालीलाई चुनौती दिँदै क्रयाक गर्ने सफ्टवेयरको प्रयोग गर्ने गरेको पाइएको छ ।

खाता भन्दा पनि ह्याकहरुले बैंकको सुरक्षा प्रणाली नै ह्याक गर्ने गरेका छन् । एउटा खाता भन्दा पूरै प्रणाली नै ह्याक गर्न सहज हुने गरेको अनुसन्धानले देखाएको छ । यो सजिलो विषय पक्कै होइन तर ह्याकहरुले सजिलै बैकको प्रणाली नै समस्यामा पारेर ह्याक गर्ने, भाइरस आक्रामण गराउने प्रवृत्ति बढ्दै गएको छ । तर बैंकिङ सुरक्षाका लागि प्रयोग भएका सुरक्षा प्रणालीमा नै समस्या त छैन भन्ने सन्देह समेत पैदा भएको छ ।

खाता ह्याक गर्नका लागि आइपि एड्रेस तथा पासवर्ड नै प्रमुख विषय हो । दुवै जानकारी भएपनि ह्याकरले पैसा सजिलै निकाल्न सक्छ । यस्तै ह्याकहले बैंकका कर्मचारीलाई फोन गरेर प्रलोभन देखाई पासवर्ड समेत हात पार्ने गरेको पाइएको छ । ह्याकरले लगातार बैंकको वेभसाइटमा नजर राख्ने र कुनै न कुनै सूचना संयन्त्र राख्ने गरेको समेत पाइएको छ । त्यसमा भाइरसको कुनै न कुनै रेट टुल्स समेत राख्ने गरेको पाइएको छ ।

के नेपालमा बैंक तथा वित्तीय संस्थाको वेभसाइट मजबूत छ त ? प्रश्न उठने गरेको छ । नेपालको बैंक तथा वित्तीय संस्थाको बेवसाइटमा समेत ह्याकहरुको आँखा पर्ने गरेको छ । केही समय पहिले एनआइसी एशिया बैंकबाट समेत पैसा निकालिएको थियो । 

५ बर्ष अगाडि

प्रतिक्रिया