इमेल आइडी र सामाजिक सञ्जालको पासवर्ड कस्तो राख्नु भएको छ ? यी हुन सबैभन्दा कमजोर पासवर्ड

५ बर्ष अगाडि

काठमाडौं – तपाइृले आफ्नो इमेल तथा सामाजिक सञ्जालमा कस्तो पासवर्ड राख्नु भएको छ ? एक पटक विचार गर्नुस त ? तपाईले राख्नु भएको पासवर्ड साच्चै मजबूत छ त ? वा छैन । यदि छैन भने तपाईले इमले आइडि, सामाजिक सञ्जाल जुनसुकै बेला पनि ह्याक हुन सक्छ । अर्थात् अरु जो कोहीले सजिलै चलाइदिन सक्छन् ।

एक विश्लेषणकर्ताको समूहले सन् २०१८ को कमजोर पासवर्डको सूची सार्वजनिक गरेको छ । उसले भनेको छ असाध्यै कमजोर पासवर्ड भएका एकाउण्ट सजिलै ह्याक गर्न सकिन्छ र डेटा चोर्न पनि सकिन्छ ।

सन् २०१७ मा पनि कमजोर पासवर्डको सूचीमा रहेको आइ लभ यू यस पटक पनि १० औ. नम्बरमा कमजोर पासवर्डमा रहेको छ । यस्तै १२३४५६ पनि कमजोर पासवर्डको सूचीमा रहेको छ ।

स्प्लेस डाटाकाअनुसार संसारके सबैभन्दा खराब पासवर्डमा १२३४५६ रहेको छ । यो पासवर्ड दोस्रो वर्ष पनि खराब पासवर्डमा दरिएको छ । उसले सोमबार जारी गरेको विवरणमा २५ खराब र कमजोर पासवर्डको सूची सार्वजनिक गरेको छ । कम्पनीले संसारका करिब ५० लाख बढी एकाण्उटको अध्ययन गरेको थियो । त्यसमा १० प्रतिशत बढीले सबैभन्दा खराब पासवर्ड प्रयोग गरेको पाइएको थियो ।

उक्त सूची जारी गरेसँगै कम्पनीले भनेको छ हरेक एकाण्टको पासवर्ड पनि फरक फरक राख्नुस, किनकी एउकटा एकाण्ट ह्याक भएपनि अर्को सुरक्षित रहन सक्छ । ह्याकरहरुले सामाजिक सञ्जाल, इम्ेल एमाण्टलाई सधै निशाना बनाइरहेका हुन्छन् । त्यसबाट बच्नका लागि पनि कमजोर पासवर्ड भन्दा सबल पासवर्ड नै उत्तम विकल्प हुन सक्छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया