मनोज गजुरेलकी पूर्वपत्नीले डिभोर्सको वार्षिकोत्सव मनाउने

५ बर्ष अगाडि

हास्य व्यंग्य कलाकार मनोज गजुरेलले पत्नी मिना ढकालसँग गत वर्ष डिभोर्स गरे । डिभोर्स अगाडिसम्म गुमनाम रहेकी मिना त्यसपछि भने लगातार चर्चामा रहिन् । कहिले गीत गाएर त कहिले तालतालका अन्तरवार्ता दिएर ।

उनै मिनाले श्रीमानसँग डिभोर्स भएको एक वर्ष पुरा भएको अवसरलाई उत्सवका रुपमा मनाउने भएकी छन् । उनले भोली आफ्नो नयाँ बानेश्वरस्थित बुटिकमा चियापान आयोजना गरेको बताइन् ।
‘हो मैले आफ्ना निकट शुभचिन्तकहरु तथा मिडियाकर्मीहरुलाई बोलाएर सानो जमघट र चियापान आयोजना गरेकी छु,’ उनले भनिन् । फेसबुकमा उनले आफू ‘स्वतन्त्र भएको एक वर्ष पुगेको उपलक्ष्यमा’ चियापानमा आउन शुभचिन्तकलाई निम्तो गरेकी छन् ।

डिभोर्सपछिको एक वर्ष कस्तो बित्यो त भन्ने जिज्ञासामा उनले भनिन्, ‘भोली चियापानमा आउनुस, त्यहीँ भन्छु है ।’

मनोज र मिना आपसी सहमतिमा सौहार्दपूर्वक छुट्टिएका थिए । उनीहरुका दुई छोराछोरी छन् । छोरा मनोजसँग र छोरी मिनासँग बस्छन् । मिनाले नयाँ बानेश्वरमा एउटा बुटिक सञ्चालन गर्दै आएकी छन् । उनी फिल्म बनाउने योजनामा पनि छिन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया