नयाँ गन्तव्यमा पर्यटकको ओइरो

५ बर्ष अगाडि

भैरवा – सरकारले केही समयअघि मात्रै मुलूकभरिका एक सय वटा नयाँ पर्यटकीय गन्तव्यको घोषणा ग¥यो जसमा रुपन्देहीस्थित तिलोत्तमा नगरपालिकाका दुई पर्यटकीय क्षेत्र समावेश छन् । ती मध्ये नयाँ पर्यटकीय गन्तव्यको सुचीमा तिलोत्तमाको शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रका वनवाटिका पछिल्लो समय आन्तरिक तथा बाहयक पर्यटकको गन्तव्यका रुपमा विकास भएको छ । शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रका अध्यक्ष बाबुराम अर्यालले पछिल्लो समय खासगरी पिकनिक स्पोर्टको रुपमा वनवाटिका प्रख्यात भएको बताउनुभयो ।

अहिले उक्त क्षेत्रमा विभिन्न आकर्षक बालउधान निर्माण गरीएको छ भने सङ्घसंस्थाको सहकार्यमा पार्कनिर्माण गरिएको छ। अध्यक्ष अर्यालले भन्नुभयो । अहिले उक्त क्षेत्रमा विभिन्न आकर्षक बालउधान निरर्माण गरिएको छ अध्यक्ष अर्यालले भन्नुभयो  प्रदेश पाँचकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने गरी कार्य अगाडि बढाएकाछौँ । भ्यू टावर  निर्माणको क्रममा रहेको जानाकारी दिँदै  उहाँले निर्माणको रहेको  जानाकारी दिँदै उहाँले निरर्माण पछि अझ यसले गति लिने बताउनुभयो । तिलोत्तमा नगरपालिकामा पर्ने बाउन्नकोटी सामुदायिक वन पनि नयाँ पर्यटकीय गन्तव्य घोषणा गरिएकोमा सञ्चालक समिति उत्साहित भएको छ । छनोट भएका नयाँ पर्यटकीय गन्तव्यको प्रवद्र्धनका लागि चालू आर्थिक वर्षमा ५० लाख रुपियाँ विनियोजन गरिएको छ ।

वनवाटिकामा गत वर्ष झण्डै डेढ लाख आन्तरिक तथा बाह्य पर्यटक अवलोलन तथा भ्रमणका लागि आएका थिए । पूर्व पश्चिम राजमार्गदेदी करिब एक किलोमिटरभित्र  घना बस्ती छेउ शंकरनगर सामुदायिक वन छ । वनको ५७६ हेक्टर वनमध्ये ५१ हेक्टर वृक्षरोपण क्षेत्रलाई २०६२ सालदेखी व्यवस्थित गरी वन विहार तथा अनुसन्धान केन्द्र बनाइएको हो । केन्द्रमा चिडियाखाना  जडीबुटी अनुसन्धान केन्द्र योग केन्द्र बोटानिकल गार्डेन जैविक विविधता अनुसन्धान केन्द्र बालउधान पार्क पिबनिक स्थल सभास्थल लगायत बनाइएको छ । पर्यटले प्रत्यक्ष अपलोकन गर्नसक्ने गर चिडियाखाना व्यवस्थित गरिएको छ । चितुवा मृग नीलगाई अजिङ्गर भालु खरायो चाइनिज मृसा मयूर सारसलगायत दृई दर्जन प्रजातिका पशृपक्षी संरक्षित छन् । रमणीय पार्क र चिडियाखाना रहेको  वाटिकामा वनभोज  खान र घुम्न आन्तरिक तथा बाह्य पर्यटक पुग्छन् । विवाह वनभोज शुभकार्य र साङ्गीतिक कार्यक्रमका लागि आउनेको सङ्ख्या धेरै छ ।

साँझ बिहान योग तथा ध्यान गर्नदजानेको दिनहुँ लर्का लाग्छ । यहाँ रहेका विभिन्न जनावर तथा जैविक विविधताको अध्ययन र अनुसन्धान गर्ने आउने पर्यटक सङख्या धेरै छ साँझ बिहान  योग तथा ध्यान गर्न जानेको दिनहुँ लर्को लाग्छ । यहाँ रहेका  विभिन्न जनावर तथा जैविक विविधताको अध्ययन र अनुसन्धान गर्न आउने पर्यटक सङख्या बढेको छ । वनवाटिक  क्षेत्रमा रहेको रोटरीले सन् २०११/१२ देखि वनवाटिकामा लगानी  गरिरहेको छ । टोय टे«न सञ्चालनका लागि संरचना तयार गर्न सकिने बताएको शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रका अध्यक्ष बाबुराम अर्यालले बताउनुभयो ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया