लाभांश प्रस्ताव पारित सहित रु रु जलविद्युतले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

२ बर्ष अगाडि

काठमाडौं, रु रु जलविद्युत परियोजनाले २ आर्थिक वर्षको वार्षिक साधारण सभा एकै पटक बोलाएको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ को वार्षिक साधारण सभा असोज १६ गते बोलाएको हो । सभामा आर्थिक वर्ष २०७६/७७ को नाफाबाट करसहित १०.५२६ प्रतिशत नगद लाभांश र २०७७–७८ को नाफाबाट १० प्रतिशत बोनस सेयर वितरण प्रस्ताव पेश हुनेछ ।

यसैगरी, बोनसमा लाग्ने कर तिर्न ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि रहनेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज ७ गते बुक क्लोज गर्ने भएको छ । यसकारण असोज ६ गते बुधबारसम्म कायम हुने सेयरधनीले मात्र लाभांश पाउन सक्नेछन् । सभामा संस्थापक समूहबाट ५ जना र सर्वसाधारण समूहबाट १ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि रहेको छ ।

स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पनि छ । बोनस सेयरपछि चुक्ता पुँजी वृद्धि हुने भएकाले सोही अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गरिनेछ । साधारण सभा रु रु को रजिष्टर्ड कार्यालय हात्तीसार, काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्नेछ

२ बर्ष अगाडि

प्रतिक्रिया