पाँच तारा सहकारीको १५ प्रतिशत लाभांश प्रस्ताव पारित

२ बर्ष अगाडि

काठमाडौं, पाँच तारा बचत तथा ऋण सहकारी संस्थाको १४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले कोभिड १९ को महामारीलाई मध्यनजर गरी सीमित व्यक्तिको उपस्थितिमा साधारणसभा सम्पन्न गरेको हो ।

संस्थाले सहकारी विभागले जारी गरेको साधारणसभा सम्बन्धी मार्गनिर्देशन अनुरुप गत भाद्र २० गतेबाट सदस्यहरुका लागि वार्षिक प्रतिवेदन वितरण तथा सुझाव संकलन र उपस्थिति पुस्तिका खुल्ला गरेको थियो ।

संस्थाका कोषाध्यक्ष कुमार विमलीले आर्थिक वर्ष २०७७।०७८ को आर्थिक विवरण प्रस्तुत गर्दै संस्थाको शेयर पुँजी ६ करोड ६७ लाख, बचत संकलन ४८ करोड ७ लाख र ऋण लगानी ५३ करोड ५६ लाख पुगेको जानकारी दिए । उनले संस्थाले त्यस अवधिमा २ करोड ५५ लाख ४१ हजार खुद मुनाफा गरेको र सदस्यहरुलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा पारित भएको जानकारी दिए ।

त्यसैगरी संस्थाले सदस्यहरुबाट संस्थागत विकास कोष वापत लिएको रकम मध्ये यो वर्ष १० प्रतिशत र आगामी वर्ष १० प्रतिशत गरी २० प्रतिशत फिर्ता गर्ने भएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया