करिब ६० ट्रिलियन डलर पुँजीकरणसहित अमेरिकी शेयर बजार विश्वको पहिलो स्थानमा, अन्य देशको के कति ?

२ बर्ष अगाडि

काठमाडौं। पछिल्लो शेयर बजारमा हर कोहीको चासो बढ्दो रहेको छ । हाल नेपाली बजारमा झन तीव्र उछाल आइरहेको छ  । यस्तो बेला नेपाली लगानीकर्ताहरुको चासो स्वदेशी शेयर बजारमा मात्र नभएर विदेशी शेयरमा पनि रहेको देख्न सकिन्छ । लगानीकर्ताहरुले विदेशी शेयर बजारको अवस्था बारे पनि जानकारी राख्न थालेका छन् ।

विश्व शेयर बजारलाई हेर्ने हो भने पुँजीकरणको हिसाबले पहिलो नम्बरमा अमेरिकी शेयर बजार रहेको पाइन्छ । अमेरिकी बजारको कुल बजार पुँजीकरण ५०.९९ ट्रिलियन डलर रहेको छ। 

दोस्रो नम्बरमा चीनको बजार रहेको छ। चिनियाँ शेयर बजारको कुल बजार पुँजीकरण १२.४१ ट्रिलियन डलर रहेको छ। 

यसैगरी ७.३७ ट्रिलियन डलरको बजार पुँजीकरणका साथ जापान तेस्रो नम्बरमा छ। चौथो नम्बर हङकङ शेयर बजार रहेको छ। यसको बजार पुँजीकरण ६.४१ ट्रिलियन डलर रहेको छ। 

त्यस्तै कुल ३.६६ ट्रिलियन डलर बजार पुँजीकरणसहित बेलायत पाँचौँ नम्बरमा रहेको छ। 

भारतीय शेयर छैटौँ स्थानमा रहन सफल भएको छ। भारतको बजार पुँजीकरण ३.४५ ट्रिलियन डलर रहेको छ।

यसैगरी फ्रान्स सातौँ स्थानमा छ। फ्रान्सको शेयर बजारको कुल बजार पुँजीकरण ३.३९ ट्रिलियन डलर रहेको छ। 

त्यसो त भारतीय शेयर बजारको विश्व बजारमा २.८९ प्रतिशत र चीनको १०.४३ प्रतिशत योगदान रहेको छ।

२ बर्ष अगाडि

प्रतिक्रिया