पछिल्लो २४ घण्टामा संक्रमितभन्दा निको हुनेको संख्या दोेब्बर, कति जनाको मृत्यु ?

२ बर्ष अगाडि

काठमाडौं, पछिल्लो २४ घण्टामा देशभर ७ सय ३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १२ जनाको मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १४१३ जना संक्रमणमुक्त भएका छन् । यस्तै थप १२ जनाको मृत्यु हुँदा मृतकको कुल संख्या ११ हजार ४० पुगेको छ । 

यस्तै हालसम्म कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ८४ हजार ५६६ पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ८८ हजार ९६८ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म ७ लाख ४९ हजार २१२ जना निको भएका छन् । 

हाल देशभर २४ हजार ३१३ जना सक्रिय संक्रमित रहेका छन् । 

२ बर्ष अगाडि

प्रतिक्रिया