करिब करिब डुबेको नेशनल हाइड्रोको नयाँ फण्डा, आयोजना बनाउने र नाफा दिने तयारी

५ बर्ष अगाडि

काठमाडौं – शेयर बजारमा असाध्यै कमजोर कम्पनीको रुपमा परिणत नेशनल हाइड्रो पावरले केही नयाँ आयोजना अगाडि बढाउने योजना सारेको छ ।

सो  कम्पनीले २७ मेगावाट क्षमताका दुई ओटा जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले १४.५ मेगावाटको इर्खुवाखोला र १२.३ मेगावाटको मादमीखोला जलविद्युत आयोजना बनाउन लागेको हो ।

नयाँ व्यवस्थापनले जिम्मेवारी सम्हालेपछि नेसनलले आफनो आम्दानी र साझेदारको लगानीबाट दुईटा आयोजना बनाउन लागेको कम्पनीले जनाएको छ ।

कम्पनीले नेपाल विद्युत प्राधिकरणसँग इर्खुवाखोला आयोजनाबाट उत्पादन हुने बिजुली खरिदबिक्री (पीपीए) को काम सम्पन्न गरेको छ । आयोजना निर्माणका लागि आन्तरिक तयारी थालेको छ ।

मादमीको सम्भाव्यता अध्ययन गरी पीपीएका लागि प्राधिकरणमा निवेदन दिएको कम्पनीका कार्यकारी अध्यक्ष कुमार पाण्डेले बताए । उनका अनुसार इर्खुवा आयोजना बनाउन लोअर इर्खुवाखोला हाइड्रोपावर कम्पनी लिमिटेड गठन भइसकेको छ । त्यो कम्पनीमा नेसनलको ६७ प्रतिशत सेयर छ । मादमी जलविद्युतमा नेसनलको सतप्रतिशत स्वामित्व रहेको पाण्डेले जानकारी दिए । मादी आयोजना नेसनल हाइड्रोकै नाममा लाइसेन्स लिएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया