कालो मास्क लगाएर प्रहरीकहाँ किन पुगिन् चर्चित गायिका विष्णु माझी

५ बर्ष अगाडि

काठमाडौं–चर्चित गायिका विष्णु माझी आइतबार जिल्ला प्रहरी कार्यालय स्याङ्जामा पुगिन् । 
लोकसंगीत क्षेत्रकी चर्चित गायिका भएपनि माझी गुमनाम भएको र परिवारसँग समेत लामो समययता भेटघाट नभएको समाचार सार्वजनिक भएपछि प्रहरीले माझीको खोजखबर गरेको थियो । खोजखबरको क्रममा प्रहरीले उनका श्रीमान सुन्दरमणि अधिकारीलाई फोन गरेर बोलाएपछि माझी अधिकारीसँगै प्रहरी कार्यालयमा पुगेकी हुन् । 

प्हरी स्रोतका अनुसार  आइतबार दिउँसो विष्णु श्रीमानसँगै ट्याक्सीमा प्रहरी कार्यालय पुगेकी थिइन् भने  कालो ओभरकोट र पछ्यौराले शरीर टाउको ढाकेकी उनले मुखमा पनि कालै मास्क लगाएकी थिइन् । 

सोही हुलियामा एसपी राजकुमार लम्साल,  प्रमुख जिल्लाअधिकारी कोषराज निरौला, प्रमुख प्रशासकीय अधिकृत यादवराज शर्मा र राष्ट्रिय अनुसन्धान प्रमुख रोशन केसीसहितले माझी दम्पतीसँग छलफल गरेका थिए । 

 छलफलमा विष्णुकी बहिनी जीवन, दाजु बाबुराम, बाबु ताराबहादुर र आमा धर्मकुमारी पनि सहभागि थिए । 
छलफलका क्रममा  विष्णुथोरै मात्र बोलेको र अधिकांश प्रश्नहरूको उत्तर सुन्दरमणिले नै दिएको बताइएको छ । 

विष्णुले  आफूले धेरै पढेलेखेको नहुनाले बाहिरी क्षेत्रमा केही पनि नजान्ने भन्दै सुन्दरमणिको सहारा लिनुपरेको बताएकी थिइन्। छलफलका क्रममा बाबुआमा भने कम बोले बरु मौन बनेर सुनिरहे। 
 विष्णुलाई सुन्दरमणिले विष्णुलाई बन्धक समेत बनाएको आशयमा समाचार आउन थालेपछि स्याङ्जा प्रहरीले विष्णुबारे चासो राख्दै  झिकाएको थियो । 

तर छलफलका क्रममा उनीहरुले आफ्नै ढंगले खुसीसाथ जिइरहेकाले यसमा अरुले चासो राख्न नहुने बताएकाले व्यक्तिगत जीवन धेरै नखोतलेको बताइएको छ। 
माझीले एकपछि अर्को हिट गीत दिँदै आएपनि उनी गुमनाम छिन् । उनको देश र विदेशमा स्टेज कार्यक्रमका लागि व्यापक माग भएपनि सहभागि हुन्नन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया