पीएले कमाए मन्त्रीले भन्दा धेरै

५ बर्ष अगाडि

पोखरा–गण्डकी प्रदेशमा मन्त्रीले भन्दा मन्त्रीका स्वकीय सचिव (पीए) ले दोब्बर भ्रमण भत्ता बुझेका छन् । 
चालू आर्थिक वर्षको पाँच पहिनामा सामाजिक विकासमन्त्री नरेदेवी पुनले सबैभन्दा कम २० हजार भ्रमण बुझ्दा भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतका पिए निर्मल गुरुङले ३६ हजार बुझेका छन् । मन्त्री बस्नेतले ९६ हजार लिएका छन् । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पाँच महिनामा २ लाख ९२ हजार भ्रमण भत्ता बुझेका छन् । 
पोखराबाट गृहजिल्ला लमजुङ र अन्य जिल्लाको भ्रमणभत्ता वापत यो रकम बुझेका हुन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया