अध्यागमन कार्यालयमा अब ‘नेपाली पोर्ट’

५ बर्ष अगाडि

 काठमाडौं–अध्यागमन विभागले मातहतका सबै अध्यागमन कार्यालयमा यात्रुको बायोमेट्रिक विवरण लिन नेपाली प्राविधिकबाट विकास गरिएको अत्याधुनिक ‘सफ्टवेर’सहितको मेसिन जडान गर्ने भएको छ । 

जसलाई विभागले ‘नेपाली पोर्ट’ नाम दिएको छ । विभागका अनुसार मेसिनले नेपालबाट अन्यत्र जाने तथा अन्यत्रबाट नेपाल आउने सम्पूर्ण यात्रुको आँखाको रेटिनामार्फत विवरण लिनेछ । सोही विवरणमार्फत अध्यागमनले मुलुक जान दिने–नदिने तथा आउन दिने–नदिने निर्धारण गर्नेछ । सोहीअनुसार यात्रुलाई भिसा दिइनेछ । यसका लागि विभागले २३ करोड ५८ लाख रुपैयाँ खर्च गर्नेछ । यो काम आउने असार मसान्तसम्ममा पूरा भइसक्नेछ । 


विभागका महानिर्देशक ईश्वरराज पौडेलले यात्रुको बायोमेट्रिक विवरण लिने कार्य चालू आर्थिक वर्षभित्रै सकिने बताए । उनले भने, ‘यात्रुको बायोमेट्रिक विवरण लिन अत्यावश्यक देखियो । अन्तर्राष्ट्रिय जगत्मा यस्तो अभ्यास भइसकेको छ । अब हामीले पनि यो अभ्यास गर्ने भएका छौँ । नेपाली प्राविधिकबाटै निर्माण गरिएको सफ्टवेर प्रयोग हुनेछ ।’ नयाँ पत्रिकामा खबर छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया