गुप्तचरमा व्यक्ति केन्द्रित नियमावली संशोधन

५ बर्ष अगाडि

 काठमाडौं – सरकारले एउटा व्यक्तिलाई केन्द्रित गरेर नियमावली संशोधन गरी राष्ट्रिय अनुसन्धान (गुप्तचर) विभागका प्रमुखमा गणेश अधिकारीलाई नियुक्त गरेको छ। पाँच महिनापछि ३० वर्षे सेवा अवधिका कारण अवकाश पाउन लागेका विभागका प्रमुख दिलीप रेग्मीलाई हटाएर उनीसँगै अवकाश हुने अधिकारीलाई नियमावली संशोधन गरी नियुक्त गरिएको हो।

नियमावली संशोधन गर्दा लोकसेवा आयोगलाई समेत छलेर ३० वर्षे सेवा अवधि हटाई ३२ वर्षे वा ५८ वर्ष उमेर हद कायम गरिएको छ। विभाग स्रोतका अनुसार ३० वर्षे सेवा अवधिका कारण आगामी जेठ १५ गते अनिवार्य अवकाश पाउने भए पनि सरकारले दिलीप रेग्मीलाई पदावधि नपुग्दै हटाएको हो। नवनियुक्त प्रमुख अधिकारीको पनि पदावधि आगामी जेठ १३ गतेसम्म छ। प्रधानमन्त्री कार्यालयले उनलाई सूचना प्रवाहमा कमजोर रहेको र यसअघि पनि विवादास्पद भूमिकामा रहेको भन्दै हटाएको हो। उनीमाथि पत्रिकामा आएका समाचार संकलन गरी सरकारलाई गलत रिपोर्ट गरेको आरोप लगाइएको स्रोतले जनाएको छ। नागरिक दैनिकमा खबर छापिएकाे छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया