सामलिङ पावरको शेयरधनीलाई शेयर अभौतिकीकरण गर्न आग्रह, कहाँबाट गर्ने ?

२ बर्ष अगाडि

काठमाडौं - सामलिङ पावर कम्पनी लिमिटेडले शेयर अभौतिकीकरण गर्ने आग्रह गरेको छ । कम्पनीले संस्थापक शेयरधनी र आयोजना प्रभावित स्थानियका लागि शेयर अभौतिकीकरण गर्ने अनुरोध गरेको हो ।

आयोजना प्रभावित स्थानिय र संस्थापक तर्फको स्वामित्वमा रहेको शेयर समेत धितोपत्र दोस्रो बजारमा सूचीकृत भईसकेको छ । धितोपत्र बजार पूर्ण अनलाईन कारोबार प्रणालीमा गैसकेको अवस्थामा कम्पनीले संस्थापक र आयोजना प्रभावित स्थानियलाई पनि अभौतिक रुपमा शेयर धारण गर्ने अनुरोध गरेको हो ।

कम्पनीका संस्थापक शेयरधनीहरुले आफ्नो सम्बन्धित निक्षेप सदस्यमा सम्पर्क गरी लकइन पिरियड सहितको डिआरएन मार्फत अभौतिकीकरण गर्ने भनेको छ ।

कम्पनीको शेयर रजिस्ट्रार नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडको कार्यालय हात्तिसार काठमाडौं सम्पर्क राखी अभौतिकीकरण गर्ने सकिनेछ ।

२ बर्ष अगाडि

प्रतिक्रिया