कुमारी र लक्ष्मी बैंकले सेयरधनीलाई लाभांश दिने, कसको कति छ ?

५ बर्ष अगाडि

काठमाडौं–कुमारी बैंकले लगानीकर्तालाई ८.५ प्रतिशत बोनश सेयर दिने घोषणा गरेको छ ।
 बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको .५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको हो । बैंकको चुक्ता पुँजी  ७ अर्ब १६ करोड ३३ लाख ९४ हजार ९ सय ७३ रुपैयाँ छ । यसको  ८.५ प्रतिशत भनेको ६० करोड ८ लाख ८८ हजार ५ सय ७३ रुपैयाँ हो । बैंकले सोही  बराबरको बोनस सेयर दिन लागेको हो । यो गत बर्षको (२०७४÷०७५) को मुनाफाको लाभांश हो । 
बैंकले आफुसँग गाँभिएका काष्ठमाण्डप डेभलपमेन्ट बैंक, महाकाली विकास बैंक, काक्रे बिहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्सका सेयरधनीलाई भने लाभांशमा कर नलाग्ने बैंकले जनाएको छ । २०७४ असार १६ गतेदेखि यी वित्तियसँस्थाहरु कुमारीमा गाभिएर एकिकृत कारोबार भएको हो । 
यता, लक्ष्मी बैंकले पनि साढे ८ प्रतिशत बोनस सेयर र त्यसको लागि कर तिर्न ०.४५ नगद लाभांश दिने निर्णय गरेको छ । हाल बैंकको चुक्तापुँजी ८ अर्ब २२ करोड रुपैयाँ छ । बोनस सेयर वित्तरण पछि बैंकको पुँजी ८ अर्ब ९२ करोड रुपैयाँ पुग्नेछ । 
लाभांश घोषणा गरेका यी दुबै बैंकले राष्ट्र बैंकको स्विकृति र आफ्नो साधारणसभा बाट पारित गराएपछि लगानीकर्तालाई लाभांश वित्तरण गर्नेछन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया