बर्रोले बढाउँछ शुक्रकिट

५ बर्ष अगाडि

काठमाडौं – महत्वपूर्ण जडीबुटीको रूपमा रहेको बर्रो त्रिफला चूर्ण बनाउन प्रयोग हुन्छ । मध्यपहाडी क्षेत्र र बेसी  क्षेत्रमा यो बढी पाइन्छ । त्रिफला चूर्णबाहेक अन्य विभिन्न समस्या हुँदा यसको प्रयोग गरिन्छ ।  यसको प्रयोग विशेषगरी, बर्रोका दुई भागलाई औषधिको रूपमा प्रयोग गरिन्छ । बाहिरी भाग र गुदी भागलाई औषधिको रूपमा प्रयोग गर्ने गरिन्छ ।   

बिउ बाहिरको भाग :खोकी लागेमा एकपटकमा एक ग्राम मुखमा लिएर चुसिराख्नुपर्छ । खोकीको अवस्था हेरी दिनमा तीनदेखि पाँचपटकसम्म चुस्नु उपयुक्त हुन्छ । दम, खोकी र स्वर भासिएका वेला वा खसखस गरेका वेला बर्रोे चूर्ण बनाई दिनको दुईदेखि तीनपटक तीनदेखि ६ ग्रामका हिसाबले सेवन गर्दा ठीक हुन्छ । 

बिउको गुदी :बिउको गुदी भाग विशेषगरी शुक्रकिट बढाउन र यौनवद्र्धक औषधिका रूपमा प्रयोग गरिन्छ । प्रत्येक दिन ३ देखि ५ ग्राम गुदीलाई मह र घ्युसँग मिसाएर खाँदा राम्रो हुन्छ ।   

 एकपटकमा ८० मिलिग्राम पानीमा १० ग्राम बर्रो हाली आधा हुन्जेल पकाएर पिउने र सँगै लगाउने गरेमा आँखाको समस्या, छालाको रोग या कपाल फुलेको ठीक हुन्छ । वाकवाकी लागेका वेला, बढी तिर्खा लागेको समयमा पनि बर्रो सेवन गर्दा त्यसले फाइदा पुर्याउँछ ।   

५ बर्ष अगाडि

प्रतिक्रिया