विपक्षीलाई किन भेटेनन् जापानी मन्त्रीले ?

५ बर्ष अगाडि

काठमाडौं– दुई दिने औपचारिक भ्रमणमा बुधबार काठमाडौं आएका जापानका विदेशमन्त्री तारो कोनोले प्रमुख प्रतिपक्ष दलका नेतासँग दुईपक्षीय औपचारिक भेटघाट नगरी फर्केका छन्। अन्नपूर्ण पोस्ट दैनिकमा खबर छापिएको छ ।
 परराष्ट्र मन्त्रालयले नभेट्न सुझायो वा उनले आवश्यकता महसुस गरेनन् यो विषयमा सरकार पक्ष अनविज्ञ छ। प्रतिपक्ष दल राज्य संयन्त्रमा नदेखिएको भनिरहेको अवस्थामा सदाबहार मित्र एवं दातृ मुलुकको संज्ञा पाएको जापानी राजनीतिक नेतृत्वले सत्ता पक्षसँग दुईपक्षीय औपचारिक छलफल तथा शिष्टाचार भेट गर्दा प्रमुख प्रतिपक्षलाई बिर्सनु अस्वभाविक हो।

औपचारिक भ्रमणमा सत्ता पक्षसँगको भेट जत्तिकै महत्व प्रमुख प्रतिपक्ष दलसँगको छलफल पनि हुने गर्छ। सत्ता र बाहिर रहेको पक्षसँग समानान्तर छलफलपछि मात्र भ्रमण पूर्ण हुने कूटनीतिक अभ्यास छ। चार–पाँच घण्टाको संक्षिप्त भ्रमणमा समेत प्रमुख प्रतिपक्षलाई भेट्ने र सत्तापक्षप्रति प्रमुख प्रतिपक्षको धारणा बुझ्ने काम हुन्छ।

लोकतन्त्रिक पद्धतिको अभ्यासमा सत्तापक्षले सरकार चलाउँछ भने प्रमुख प्रतिपक्षले संसद्। यस्तो मोडलमा रहेको संसदीय अभ्यासमा जापानले प्रमुख प्रतिपक्षलाई चटक्कै बिर्सनुलाई अस्वभाविक भन्दै विपक्षी दलका नेताले आगन्तुक भन्दा पनि ‘होस्ट राष्ट्र’ को नेतृत्वबाट भएका कमी कमजोरी सुधार गर्न आवश्यक रहेको टिप्पणी गरेका छन्।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नेपाल भ्रमणमा आउने पाहुनाले भन्दा पनि यस्ता विषयमा परराष्ट्र मन्त्रालयले ध्यान दिनुपर्ने टिप्पणी गरे।

५ बर्ष अगाडि

प्रतिक्रिया