प्रजिअभन्दा गाउँपालिका अध्यक्ष मर्यादामा अगाडि

५ बर्ष अगाडि

काठमाडौँ — मुख्यमन्त्री तथा स्थानीय सरकार प्रमुखहरूको तीव्र दबाबपछि सरकारले मर्यादाक्रम हेरफेर गरेको छ । विभिन्न पदाधिकारी तथा पूर्वपदाधिकारीको मर्यादाक्रममा मुख्यमन्त्रीलाई १४ औं स्थानमा राखिएको छ । गत वर्ष निर्धारित मर्यादाक्रममा मुख्यमन्त्री २४ औं स्थानमा थिए । 

महानगर प्रमुख, जिल्ला समन्वय समिति प्रमुख, नगरप्रमुख तथा गाउँपालिका अध्यक्षको मर्यादाक्रम पनि पहिलेभन्दा अगाडि तानिएको छ । यसो गर्दा मुख्य सचिवदेखि प्रमुख जिल्ला अधिकारीसम्मको मर्यादाक्रम साबिकभन्दा तल सरेको छ । कान्तिपुर दैनिकमा खबर छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया