हुनेवाला श्रीमतीसँग  केटाले बोल्ने १२ झुट

५ बर्ष अगाडि

तपाईको प्रेम विवाह नभई मागी विवाह हुन लागेको छ भने हुनेवाला दुलाहाका बारेमा राम्ररी जाँच पड्ताल आवश्यक छ । हुनत अहिले मागीविवाह भन्दा पनि आफूले रोजेको केटा या केटीसँग विवाह गर्ने चलन बढ्दै गएको छ । तै पनि मागी विवाह  हटिसकेको भने छैन  । मागी विवाहका  लागी परिवारले नै केटाका बारेमा प्रशस्तै जानाकारी  लिने सोधखोज गर्ने गर्छन् । परिवारको चित्त बुझेपछि मात्र विवाहको टुंगो लगाइन्छ तर पनि कतिपय अवस्थामा केटाले केही न केही कुरा लुकाइरहेकै हुन्छ । सामान्यतया विवाहपूर्व  केटाकेटी  आफ्नो हुनेवाला श्रीमान् श्रीमतीलाई  विभिन्न किसिमका झुठ बोल्ने गर्छन् । यसको मतलब यो होइन कि केटाले केटी वा उनको परिवारलाई धोका दिइरहेको हुन्छ । केटाले विवाहपूर्व केटीलाई रउसको परिवारका सदस्यलाई आफूप्रति प्रभाव पार्न यी झुठहरु बोल्ने गर्छन्ः

१. आजसम्म मैले कुनै पनि केटिलाई नराम्रो दृष्टिले हेरेको छैन । 
२. मलाई लेनदेनमा विश्वास छैन । तिमी सिर्फ एकजोडा बिहेको कपडामा घर आउ । 
३. तिम्रो भाई बहिनी मेरो पनि आफ्नै भाई बहिनी हुन् उनीहरु प्रति मेरो पनि जिम्मेवारी छ । 
४. तिमी हरेक नजरबाट सुन्दर देखिन्छ्यौ । 
५. मलाई तिमीसँग हुदाको बेलामा जति राम्रो लाग्छ ,अरु कसैसँग हँुदा पनि लाग्दैन । 
६. मलाई तिम्रो परिवार एकदम राम्रो लाग्छ । 
७. तिमी कुनै पनि हिरोइनभन्दा कम छैनौ । 
८. बिहेपछि घर सम्हाल्ने काम तिमी एक्लेैको होइन । 
९. तिम्रा बाबुआमा मेरा पनि बाबु आमा हुन् । 
१०. विवाह गरे पनि तिमीले तिम्रो बा आमालाई उत्तिकै माया गर्नुपर्छ । 
११. तिमी मेरा श्रीमतीमात्र  होइन मेरा सबैभन्दा मिल्ने साथी पनि तिमी नै हुनेछौ । 
१२. म कुुनै पनि कुरा तिमीबाट लुकाउन सक्दिन । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया