मोबाइल पड्किँदा सात वर्षीय बालकको मृत्यु

५ बर्ष अगाडि


मोरङ – मोरङको विरटनगरमा मोबाइल पड्किँदा सात वर्षीय बालकको मृत्यु भएको छ भने मृतककी आमा घाइते भएकी छन् । शुक्रबार बिहान विराटनगरको रानी स्थित आफ्नै घरमा मोवाइल पड्किँदा सात वर्षीय बालक अमृत मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । सोही घटनामा अमृत आमा राधिका मण्डल घाइते भएकी छन् । सो घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पछिल्लो वर्ष यता बढ्दो स्मार्ट फोन तथा मोबाइलका कारण बालबालिकामा नकारात्मक असर परेको छ । उनीहरु मोबाइलबिना खाना नखानेदेखि नसुत्ने सम्मका लत लागेको छ । तर, यसबाट बालबालिकालाई जोगाउन भने अभिभावक त्यत्ति चनाखो भएको देखिँदैन । बरु रुँदैनन् भनेर आफ्नो मोबाइलमा भिडियो देखाउने देखि खेल खेलाउने सम्मका कार्य हुने गरेका छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया