जब मुर्रेले आँसु झार्दै सन्यास लिने बताए........

५ बर्ष अगाडि

पूर्वविश्व नम्बर एक टेनिस स्टार एन्डी मुर्रेले खेल जीवनबाट सन्यास लिने बताएका छन् । बेलायती यी स्टार हिपको इन्जुरीका कारण पछिल्लो २० महिना कोर्ट बाहिर थिए । तीन पटकका ग्रान्ड्सलाम विजेता मुर्रे सन् २०१६ को अन्तिमसम्म नम्बर एक बरियतामा थिए । मुर्रेले सन् २०१२ र २०१६ को ओलम्पिकमा लगातार दुई पटक स्वर्ण जिते ।

मुर्रे अहिले दुई सय ३०औं बरियतामा छन् । बरियता घटेर मुर्रेलाई पीर छैन । इन्जुरीकै समस्याले उनले सन्यास लिने सोच बनाएका हुन्् । एक बर्षअघि हिपको शल्यक्रिया गरेका मुर्रे एक बर्षपछि कोर्टमा फर्किएका छन् । तर, उनलाई कोर्टमा जमेर खेल्न सक्ने विश्वास लागेको छैन ।

त्यसैले उनले विम्बल्डन टेनिसपछि खेल जीवनबाट सन्यास लिने घोषणा गरेका छन् । सोमबार देखि सुरु हुने अष्ट्रेलिया ओपन टेनिस खेल्न मेलबर्न पुगेका ३१ बर्षीय मुर्रेले सुक्रबार पत्रकार सम्मेलन गर्दै इन्जुरीको कारण आफुले सन्यासको सोच बनाएको बताए ।

पत्रकार सम्मेलनमा निकै भाुबक देखिएका मुर्रेले अष्ट्रेलियन ओपन आफ्नो लागि अन्तिम खेल हुने संकेत पनि गरे । ‘म आफै विश्वस्थ छैन । चार पाँच महिना खेल्न सक्छु भनेर । मलाई अझै दुःखी रहेको छ । दुःखाई बीच खेलेपनि म आफ्नो लेभल पूरा गर्न सक्दिन,’ मुर्रेले आँसु झार्दै भने । मुर्रेले अष्ट्रेलियन ओपनमा २२औं बरियताका स्पेनिस खेलाडी रोवर्टो बाउटिस्टासँग खेल्नेछन्  ।

५ बर्ष अगाडि

प्रतिक्रिया