अबको दुई सातामा सुर्खेतमा हवाई सम्पर्क जोडिदै, नेपाल एयरलाइन्स र बुद्धले दुई–दुई उडान गर्ने

६ बर्ष अगाडि

काठमाडौ । केन्द्रिय राजधानी काठमाडौ सग कर्णाली प्रदेशको राजधानी सुर्खेत अबको दुई हप्ता भित्र सिधा हवाई उडान मार्फत जोडिने पक्का भएको छ ।
करिव १ घण्टा उडान भर्नुपर्ने यो यात्रा केहि समय नियमित उडान भए पनि भारतको नाकाबन्दी लगत्तै उडान हुन सकेको थिएन । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले काठमाडौं सुर्खेत हवाई उडानको तालिका मिलाउन नेपाल वायु सेवा निगमका उच्च अधिकारीलाई निर्देशन दिएका छन् ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी र कर्णाली प्रदेशका मुख्य मन्त्री र प्रदेश मन्त्रीहरु बीच कर्णालीको पर्यटन बिकास सम्बन्धि छलफलका क्रममा सो सहमति भएको हो । मन्त्री अधिकारीले अब छिट्टै काठमाडौँ सुर्खेत हवाई यात्रा सुरु हुने जानकारी दिए ।
मन्त्री अधिकारी, प्रदेशका पर्यटन मन्त्री र हवाई सेवा प्रदायकबीच मन्त्रालयमा भएको छलफलमा हवाई सेवा प्रदायकले नियमित उडान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।
भारतको नाकाबन्दी लगत्तै अवरुद्ध काठमाण्डौ सुर्खेत उडानलाई पुनः संचालन गर्नेका लागि आयोजित उक्त छलफलमा मन्त्री अधिकारीले काठमाडौ सुर्खेत सिधा उडानका लागि आवश्यक सहयोग गर्न मन्त्रालयले कुनै कसर बाकि नराख्ने बताए ।
तत्काल उडान सुचारु गर्ने र उडान सम्बन्धि समस्यालाई छलफलका माध्यम बाट समाधान गरिने मन्त्री अधिकारीले बताए ।
एयरलाइन्सले सेवा सहितको व्यापार गर्नु पर्दछ । आर्थिक उपलब्धी हुदै गर्दा नागरिकलाई सेवाको महसुस हुनु पर्दछ ।मन्त्रालयको साथ सधै रहने छ– मन्त्री अधिकारीले भने ।
उनले  उडान सगै कर्णालीको पर्यटनमा साच्चिकै बदलाव आउने र पर्यटक वृद्धि सगै हवाई यातायातलाई सहयोग पुग्ने हुदा पारस्परिक लाभ हुने बताए ।
सोहि छलफलमा कर्णाली प्रदेशका पर्यटन मन्त्री नन्दसिंह बुढाले भ्रमण बर्ष २०७५ मनाउन लागेको कर्णाली प्रदेशमा हवाई उडान भए काठमाडौ कर्णाली सगै कर्णालीबासीको मुहारमा खुशी थपिने बताए ।
सुर्खेत प्रदेश राजधानी भएकोले हरेक गतिबिधि बढे सँगै अबका दिनमा हिजोका जस्तो यात्रु नपाएर सेवा अवरुद्ध नहुने उनले बताए ।
केहि समय उडानमा घाटा भए उक्त समयलाई विशेष सहयोग गर्न केन्द्र सरकार सगै प्रदेश सरकार तयार रहेकोले हवाई सेवा प्रदायकसँग उडान संचालन गर्न मन्त्री बुढाले अनुरोध गरेका थिए ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन सचिव कृष्णप्रसाद देवकोटाले उडान सेवा सहज बनाउन सम्बन्धित नीति ऐन कानुन मापदण्ड तथा कार्यविधि आवश्यकताका आधारमा परिवर्तन तथा परिमार्जन गरि आउदा दिनमा मन्त्रालयले सहयोग पुरयाउने बताए ।
सो छलफलमा सहभागी नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक, नेपाल एयरलाइन्स, बुद्ध एयर, तारा एयर  सिता र सिम्रिक एयरलाइन्सका  सहित बिभिन्न हवाई सेवा प्रदायकको उपस्थिति रहेको थियो ।
उक्त छलफलमा बुद्ध र नेपाल  वायु सेवाले अबको दुई हप्तामा उडान भर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । छलफलमा बोल्दै बुद्ध एयरका प्रतिनिधिले अबको १५ दिनमा पहिलो उडान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
नेपाल वायु सेवा निगमका प्रमुख सुगतरत्न कंसकारले यही चैत २१ गतेसम्म सुर्खेतमा उडान भर्ने बताए ।
आउदो बैशाख १ गते बाट हुने रारा कर्णाली महोत्सवलाई यो उडानले थप सहयोग पुरयाउने विश्वस लिइएको छ ।

६ बर्ष अगाडि

प्रतिक्रिया