सम्झौता गर्न नआए विद्युत् प्राधिकरणले आफ्ना पोलमा राखेका अन्य कम्पनीको तार हटाइदिने

५ बर्ष अगाडि

काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणले शहर तथा बजारमा खडा गरेका पोल तथा संरचनामा तार प्रयो गरेर हजारौं कम्पनीले रोजीरोटी चलाएका छन् । शहर कुरुप पार्नमा तिनको महत्वपूर्ण योगदान रहेको छ ।

प्राधिकरणको पोल प्रयोग गरेर इन्टरनेट सेवा प्रदायकले आफ्नो बजार र व्यापार समेत विस्तार गरेका छन् । तर प्राधिकरणलाई सामान्य भन्दा सामान्य रकम तिर्न समेत उनीहरुले अटेर गर्दै आएको पाइएको छ ।

पछिल्लो पटक नेपाल विद्युत् प्राधिकरणले सम्झौता अनुसार मात्रै आफ्नो पोल तथा संरचनामा अन्य तार प्रयोग गर्न सूचना गरेको छ । सो सूचनालाई अस्वीकार गरे र तोकिएको समयभित्र सम्पर्कमा नआए धमाधम तार काटने र आफ्नो संरचनामा रहेका सबै प्रकारका केवल हटाइदिने चेतावनी दिएको छ ।

प्राधिकरणले आगामी माघ ३ गतेभित्र सम्झौता गर्न समेत भनेको छ । शहरी सौन्दर्य कुरप पार्ने र आफूखुसी तार प्रयो गर्नेलाई कानूनी दायरामा ल्याउन लागिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले खडा गरेको संरचनामा कुनै पनि व्यापारिक तथा व्यवसायिक काम गर्नुपर्ने प्राधिकरणबाट अनुमति लिनु पर्दछ । तर अधिकाशं इन्टरनेट सेवा प्रदायकले उक्त स्वीकृति लिएका छैनन् र तोकिएअनुसारको शुल्क समेत नतिरेको पाइएको छ ।

प्राधिकरणले अफ्नो प्रसारण तथा वितरण टावर प्रयोग गरेर सेवा दिने कम्पनीलाई पत्राचार गरेर सम्झौताका लागि बोलाउँदा नआएपछि चेतावनीको शैलीमा आग्रह गरेको हो ।

प्राधिकरणको  पोल प्रयोग गरेर अप्टिकल केबलमार्फत टेलिभिजन, टेलिफोन तथा इन्टरनेट सेवा दिने कम्पनीलाई पुस १९ गतेको मितिले १५ दिनभित्र माग बमोजिमका कागजात र बैंक जमानतसहित सम्झौता गर्न भनको छ । केही कम्पन िसम्पर्कमा आएको भएपनि अधिकाशंले हालसम्म अटेर गर्दै आएका छन् ।

 समय सीमा सकिन केही दिन मात्रै बाँकी भएपनि उनीहरुले अटेर गरेको प्राधिकरणको बुझाइ छ । त्यस्ता कम्पनीलाई कारवाही मात्रै गरिने छैन, उनीहरुको तार र संरचना समेत प्राधिकरण्ले हटाइदिनेछ ।

प्राधिकरणको अप्टिकल फाइबर केबल सेवा सञ्चालन निर्देशिका  २०७३ अनुसार टेलिफोन, टेलिभिज, इन्टरनेट सेवा प्रदान गर्ने कम्पनीले प्रसारण तथा वितरण पोलरटावर प्रयोग गरेमा अनिवार्य स्वीकृति लिनु पर्ने व्यवस्था गरिएको छ ।

प्राधिकरणका अनुसार ३३ केभी भोल्टेजको अप्टिकल फाइबर प्रयोग गर्दा सेवाप्रदायकले मासिक प्रतिकिलोमिटर प्रतिकोर रु २ हजार ५ सय, ६६ केभी भोल्टेजमा मासिक प्रतिकिलोमिटर प्रतिकोर रु ६ हजार रकम तिर्नुपर्नेछ ।

यस्तै डिष्ट्रिब्युसन अप्टिकल फाइबरका लागि २४ कोरसम्म मासिक रु १२ हजार, २५ देखि ४८ कोरसम्म मासिक रु १९ हजार र ४९ कोरदेखि माथि मासिक रु २७ हजार रकम तिर्नुपर्नेछ ।

 

५ बर्ष अगाडि

प्रतिक्रिया