जाडोमा मेथीको साग खादा यि फाईदा हुन्छ

५ बर्ष अगाडि

भनिन्छ, मौसमी फलफूल, सागसब्जी नै शरीरका लागि अनुकुल हुन्छ । किनभने यस्ता फलफूल, सागसब्जी त्यही बेला उत्पादन हुन्छन्, जतिबेला हाम्रो शरीरलाई चाहिन्छ । जस्तो कि, अहिले मेथीको साग । यो सिजनमा पाइने सागसब्जीमा एक हो मेथीको साग ।

विभिन्न स्वास्थ्यबर्द्धक गुणहरुका कारण मेथीको साग अत्यन्त लाभदायक मानिन्छ । मेथीका   फाइदा के छ त ?

१. धेरैजसो मानिसहरुलाई पेटसम्वन्धि मस्याले हैरान पार्छ । यसमा कब्जियत र ग्यास्टि्रक प्रमुख छन् । मेथीको हरियो साग खाँदा तपाईंको पाचनतन्त्रले सुचारुरुपमा काम गर्नुका साथै कब्जियत वा ग्यास्टि्रक जस्ता समस्याबाट छुट्कारा दिलाउँछ ।

२. घरका वृद्धवृद्धाहरुले जाडोमा मेथी र ड्राइफुडको लड्डु खाएको तपाईंले देख्नुभएको होला । यसको प्रमुख कारण यो हो कि मेथीको सेवनले जोर्नीको दुखाईबाट मुक्ति दिन्छ । यसको बिउ होस वा पात, दुवैले जोर्नीको दुखाईलाई समानरुपले हल गर्छन् ।

३. मेथीको पात तपाईंको कपालका लागि पनि अत्यधिक लाभप्रद हुन्छ । यसको पातलाई पिसेर कपालमा लगाउँदा कपाल कालो, बाक्लो र चमकदार हुन्छ । साथै कपाल र्झन पनि रोकिन्छ ।

४. पेटमा किरा परेको बेलामा पनि मेथीले एउटा सटिक औषधिको काम गर्छ । अधिकांस बच्चामा यो समस्या हुन्छ । यस्तोमा मेथीको पातको रस निकालेर बच्चालाई प्रतिदिन एक चम्चा पिलाउनुपर्छ ।

५. मेथीलेरुघाबाट पनि बचाउँछ । यसलाई कुनै न कुनै रुपमा प्रतिदिन सेवन गर्दा रुँघाबाट जोगिन सकिन्छ ।

६. मधुमेहका रोगीका लागि मेथीको सेवन अत्यधिक लाभदायक हुन्छ । प्रतिदिन मेथीको पातको र निकालेर पिउँदा सुगर नियन्त्रणमा आउँछ ।

७. अनुहारको सुन्दरता बढाउनमा पनि मेथी कम्ति प्रभावकारी हुँदैन । यसलाई पिसेर अनुहारमा लगाउँदा त्वचामा चमकका साथै असिलोपन आउँछ । यसका अलावा रुखो त्वचा हुनेहरुका लागि यो अत्यन्त लाभप्रद हुन्छ ।

८. मेथीको हरियो पत्ताको तरकारीमा प्याज हालेर खाँदा तपाईंले रक्तचापको समस्याबाट छुट्कारा पाउन सक्नुहुन्छ । न्यून रक्तचाप हुनेहरुका लागि पनि मेथीको मसलावाला सागले फाइदा पुर्‍याउँछ । खासगरी अदुवा र गरम मसला यसमा लाभकारी हुन्छन् ।

९. मेथीको साग नित्य सेवन गर्दा मुटुसम्वन्धी रोगलाई नजिक आउन दिँदैन । यसले हृदयघातको सम्भावनालाई निमिट्यान्न बनाउँछ र तपाईं आफ्नो मुटुलाई पूर्णरुपमा स्वस्थ राख्न सक्नुहुन्छ ।

१०. मेथीको साग प्रतिदिन सेवन वा मेथीको दानाको चुर्ण प्रतिदिन खाँदा तपाईंको वजन नियन्त्रणमा रहन्छ, र बोसोको मात्रा बिस्तारै बिस्तारै कम हुन्छ ।

११. यदि तपाईंलाई बारम्बार पिशाब आउने समस्या छ भने मेथीको पातको रसले तपाईंलाई निकै फाइदा पुग्छ । दैनिक यसको सेवनबाट तपाइर्ंको समस्या बिल्कुल समाप्त भएर जान्छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया