राष्ट्रिय महिला भलिबल प्रतियोगिताको तयारी पूरा

५ बर्ष अगाडि

पोखरा - क्षेत्रीय खेलकूद विकास समितिको आयोजना एवं राष्ट्रिय खेलकूद परिषद्को आर्थिक सहयोगमा गण्डकी प्रदेशको राजधानी पोखरामा हुने दोस्रो सभामुख कप राष्ट्रिय भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ । 

पोखरा रङ्गशालामा माघ १ देखि ५ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा सात प्रदेश र तीन वटा विभागीय टोलीसहित १० टोलीको सहभागिता रहने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टोलीले क्रमशः रू तीन लाख ३० हजार, रू एक लाख ७० हजार र रू एक लाख द पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । 

सो प्रतियोगिताका उत्कृष्ट विधा बेष्ट स्पाइकर, ब्लकर, सर्भर, सेटर, लिब्रो, प्रशिक्षकलाई जनही रू पाँच हजार र उत्कृष्ट खेलाडीलाई रू १० हजार प्रदान गरिने समितिका अध्यक्ष एवं प्रतियोगिता संयोजक सम्पन्न श्रेष्ठले जानकारी दिनुभयो । 

कूल रु ३८ लाख खर्च हुने सो प्रतियोगिताका लागि राष्ट्रिय खेलकूद परिषद्द्वारा रू २५ लाख गरिने बताउँदै उहाँले बाँकी रकम दर्शकलाई टिकट बिक्रीबाट सङ्कलन गरिने योजना रहेको जानकारी दिनुभयो । 

लिक कम नकआउटका आधारमा सञ्चालन गरिने सो प्रतियोगताको पहिलो दिन एपिएफ र प्रदेश नं १ को बीचमा हुने छ भने दोस्रो खेल प्रदेश नं ५ र प्रदेश नं २, तेस्रो खेल त्रिभुवन आर्मी क्लब र प्रदेश नं ३, चौँथो नेपाल पुलिस क्लब र गण्डकी प्रदेश, बीच हुने क्षेत्रीय खेलकूद विकास समितिका प्रमुख लक्ष्मणप्रसाद योगीले बताउनुभयो । 

दोस्रो दिन पहिलो खेल प्रदेश नं १ र सुदूरपश्चिमाञ्चल प्रदेश, दोस्रो खेल प्रदेश नं २ र कण्र्।ाली प्रदेश, एपिएफ क्लब र तेस्रो खेल सुदूरपश्चिमान्चल प्रदेश तथा प्रदेश नं ५ र कर्णाली प्रदेशबीच हुने पत्रकार सम्मेलनमा उहाँले जानकारी दिनुभयो । (तस्बीर उपलब्ध छ) 

५ बर्ष अगाडि

प्रतिक्रिया