डा. गोबिन्द केसीको स्वास्थ्य उपचारका लागि धरानबाट सात जना चिकित्सकको टोली इलाम पठाइएको छ

५ बर्ष अगाडि

उपप्रधानमन्त्री  एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको निर्देशनमा  इलाममा अशनरत डा. गोबिन्द केसीको स्वास्थ्य उपचारका लागि बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानबाट सात जना चिकित्सकको टोली इलाम पठाइएको छ । 
प्रतिष्ठानका अस्पताल सहायक निर्देशक डा. बिकास शाहको नेतृत्वमा कार्डियोलोजिष्ट विभाग डा. प्रशान्त शाह , मेडिसिन इमर्जेन्सी डा. अजय यादव, एनएस थेसिस आईसियू  हेर्ने डा. सविन भण्डारी, ल्याव टेक्निसियन दिपेन्द्र यादव र नर्स रचनो टोली इलाम पठाएको मन्त्रालयले जनाएको छ ।  टिमले मोबाइल भेण्टिलेटर, आईसियू सुविधा सहितको उपचार टोली अबको करिब डेढ घण्टाभित्र सो टोली इलाम पुग्ने मन्त्रालयले जनाएकोछ  ।

५ बर्ष अगाडि

प्रतिक्रिया