सचिव विद्यानाथ झालाई कुटपिट गरेको विरोधमा निजामती कर्मचारीहरुद्धारा चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक

५ बर्ष अगाडि

प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई कुटपिट गरेको विरोधमा निजामती कर्मचारीहरुले चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।

निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन धनुषाले बुधबार विज्ञप्ति जारी गर्दै चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै आन्दोलनमा उत्रिएका हुन् ।

सोमबार ट्रेड युनियनले प्रदेश सरकारलाई २४ घण्टे अल्टिमेटम दिँदै मन्त्री यादवमाथि कारबाहीको माग गरेको थियो । २४ घण्टामा कुनै कारबाही नगरिएकाले बाध्यतावश आन्दोलित हुनुपरेको आधिकारिक ट्रेड युनियनले बताएको छ । 
विरोधमा प्रदेश २ भित्रका ३ वटै संघीय, प्रदेश तथा स्थानीय तहका कर्मचारीहरु आन्दोनमा उत्रिएको कर्मचारीहरुको दावी छ । 
आन्दोलनका कार्यक्रम अनुसार आज बुधबारदेखि शुक्रबारसम्म हातमा कालो पट्टी बाँधेर कार्यालय जाने र पेन डाउन समेत गर्ने घोषणा गरिएको छ । 
शुक्रबारसम्म पनि सुनुवाइ नभए सशक्त आन्दोलनका लागि थप कार्यक्रम घोषणा गर्ने उनीहरुको चेतावनी छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया