सिएमसीले मेलम्ची मात्रै होइन, तनहुँ सेती र दुधकोशी समेत अलपत्र पार्यो, नेपाल नफर्कने निश्चित

५ बर्ष अगाडि

काठमाडौं – राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको ठेकेदार सिएमसी अन्ततः काममा नफर्किने भएको छ ।

उसले शर्तमाथि शर्त राखेको र नेपाल भित्र वार्ता नै नहुने भन्दै खानेपानी मन्त्रालयलाई पत्र पठाएको बताइएको छ ।

मन्त्रालयलाई नै सम्बोधन गरेको नभएपनि कम्पनीले मेलम्ची खानेपानी आयोजनालाइृ पत्र लेखेर आफूहरु काममा पकर्mन नसक्ने बताएको हो ।

उसले पूर्ववत रुपमा नै भुक्तानी पाउनुपर्ने, आफूले मागेको बढी रकम उपलब्ध हुनुपर्ने तथा शान्ति सुरक्षाको व्यवस्था गर्नुपर्ने लगायतका शर्त राखेको बताइएको छ ।

शर्तमाथि शर्त राखेर ठेकेदारले आयोजनालाई अलपत्र पारेपछि खानेपानी मन्त्रालयले ठेक्का तोडेर भएपनि काम अगाडि बढाउने तयारी गरेको छ ।

आयोजनाको काम करिब करिब सम्पन्न हुने चरणमा पुगेको छ । तर काम अलपत्र छाडेर क्रिश्मस र नयाँ वर्ष मनाउने भन्दै नेपालबाट भागेको ठेकेदारले अब करिब आउन नसक्ने बताएको छ । जसका कारण आयोजनालाई विकल्प खोज्न बाध्य बनाइदिएको छ ।

सो ठेकेदार कम्पनीले मेलम्ची आयोजना मात्रै नभई नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी तनहुँ सेती जलविद्युत् कम्पनीले निर्माण गर्न लागेको १४० मेगावाट क्षमताको आयोजना समेत अलपत्र पार्ने भएको छ ।

सो आयोजनाको एक प्याकेज समेत सोही ठेकेदार कम्पनलिे प्राप्त गरेको छ । तनहुँ सेतीले  सीएमसीलाई २८ दिनभित्र काममा फर्कन समय दिने भएको छ । सो समयभित्र सीएमसी काममा नआए  सम्झौताअनुसार ठेक्का तोड्ने प्रक्रिया अघि बढाउने तयारी गरिएको छ ।

ऋणदाता एसियाली विकास बैङक (एडीबी)ले पनि सम्झौताअनुसार ठेक्का तोड्ने प्रक्रिया सुरु गर्न सुझाएको बताइएको छ ।

तर कम्पनीका प्रमुख तथा पदाधिकारीले भने पहिलो चरणमा म्याद दिएर काममा आउन भनिएको र सो अवधि भित्र काममा नआए मात्रै ठेक्का सम्झौता तोड्ने हुन सक्ने बताएका छन् ।

जानकारहरुका अनुसार सिएमसी काममा फर्कने सम्भावना न्यून रहेको पाइउको छ ।

इटालियन ठेकेदार सिएमसीले तनहुँ सेतीमा नदी फर्काउन अस्थायी बाँध, मूल बाँध र पहँुच सडक निर्माणका लागि रु २० अर्ब ६४ करोड ५२ लाख रुपैयाँ ठेक्का सम्झौता गरेको छ ।  । ठेक्का सम्झौता भए पनि उसलाई परिचालन पेस्की भने  दिएको छैन ।

सीएमसीले गर्दा आयोजनाको भविष्य अनिश्चित हुन पुगेको छ । सुरुमै लागत बढी भएको भन्दै आलोचना भएको सो आयोजनाको ठेकेदारले नै काम नगर्ने भएपछि लागत र समय बढ्न सक्ने देखिएको छ । आयोजना सन् २०२३ को डिसेम्बरमा सक्ने लक्ष्य राखिएको छ ।

आयोजनाको कुल लागत रु ५८ अर्ब ८ करोड रहेको  छ । यो लागत प्रसारणलाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत हो ।

यस्तै सिएमसीले निजी क्षेत्रले निर्माण गर्न लागेको दुधकोशी आयोजना समेत अलपत्र पारेको छ । सो आयोजनाको ठेक्कासमेत उसैले पाएको थियो । 

५ बर्ष अगाडि

प्रतिक्रिया