भारत भ्रमण सम्पन्न गरी प्रधानसेनापति थापा स्वदेश फिर्ता

५ बर्ष अगाडि

काठमाडौं – प्रधानसेनापति पूर्णचन्द्र थापा ६ दिने भारत भ्रमण गरी बुधबार स्वदेश फिर्ता भएका छन् । थापा भारतका स्थल सेनाध्यक्ष जनरल विपिन रावतको औपचारिक निमन्त्रणामा पौष २७ गते भारत भ्रमणमा गएका थिए । 
प्रधानसेनापति थापालार्ई बलाधिकृत रथी हेमन्त राज कुँवरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए भने नेपाली सेनाका रथीहरुले जङ्गी अड्डामा सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । 
भारत भ्रमणमा रहँदा सेनापति थापालाई भारतका राष्ट्रपति रामनाथ कोविन्दले भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जा प्रदान गरेका थिए । भ्रमणका क्रममा प्रधानसेनापति  थापाले भारतीय सेनाका समकक्षी स्थल सेनाध्यक्ष जनरल रावतसँग भेटघाट गर्नुको साथै न्यू दिल्लीस्थित नेशनल डिफेन्स कलेज, जयपुरस्थित मुख्यालयहरुको निरिक्षण भ्रमण समेत गरेका थिए ।

५ बर्ष अगाडि

प्रतिक्रिया