योगेश भट्टराई लाई गोबिन्द केसि फोबिया भयको छ :– महासचिव शाही

५ बर्ष अगाडि

काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री नबनाएका कम्युनिस्ट नेता योगेश भट्टराई मन्त्री बन्ने आशमा ओली र माफियाको चाकडीमा उत्रिएको आरोप लागेको छ ।

नेपाली कांग्रेस निकट नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले नेता भट्टराईले ओलीको चाकडी गरेर मन्त्री बन्न खोजेको आरोप लगायका छन। 

स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्र्दै अनशनरत डा। गोविन्द केसीको चर्को विरोध गरेर भट्टराईले ओलीलाई खुशी पार्न खोजेको देखिएको छ । महासचिव शाहीले योगेश भट्टराईलाई गोविन्द केसी फोबिया भएको बताए । ‘योगेश भट्टराईले गोविन्द केसीको विरोध गरेजस्तो पारेर केपी ओलीको चाकरी गरेका छन्,’ उनले भने ।

डा। केसीले माफियाविरुद्ध सत्याग्रह गर्दा कम्युनिस्ट नेताले जनताविरोधी अभिव्यक्ति दिनु आपत्तिजनक भएको शाहीले बताए । कम्युनिस्ट सरकारले गरेको सम्झौता बमोजिम चिकित्सा शिक्षा विधेयक नल्याएको भन्दै डा। केसी इलाम गएर अनशन बसिरहेका छन् ।

निर्मला पन्तका हत्यारालाई सार्वजनिक गर्नुपर्ने लगायतका माग समेत डा। केसीले राखेका छन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया