संयुक्त राष्ट्रसंघको डरलाग्दो तथ्यांक: एक तिहाइ कर्मचारी यौन दूव्र्यवहारमा परे

५ बर्ष अगाडि

काठमाडौं – संयुक्त राष्ट्र संघले एक डरलाग्दो तथ्यांक सार्वजनिक गरेको छ । उक्त तथ्यांकमा संयुक्त राष्ट्र संघ भित्रै कार्यरत  एक तिहाई बढीक र्मचारी यौन हिंसामा परेको पाइएको छ ।

तीनमध्ये एक कर्मचारीले गत २ वर्षभित्रै यौन हिंसा भोगेको प्रतिवेदनले उजागर गरेको छ ।

गत नोभेम्बरमा गरिएको उक्त सर्वेक्षणमा ३० हजार ३६४ कर्मचारी तथा ठेकेदारले भाग लिएका थिए । उक्त संख्या सर्वेक्षणमा भाग लिन योग्य कुल संख्याको १७ प्रतिशत रहेको बिबिसीले जनाएको छ ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेजले प्रतिवेदन, तथा त्यसमा सहभागी हुन चाहनेको थोरै संख्याले संंस्था भित्र धेरै सुधार गर्न बाँकी रहेको देखाएको बताएको बिबिसीले उल्लेख गरेको छ ।

यौन दुव्र्यहार  तथा आक्रमणविरुद्ध संसारभर चलेको ‘मि टु अभियान’का माझ उक्त सर्वेक्षण प्रतिवेदन सार्वजनिक भएको हो ।

“समानता, मर्यादा तथा मानव अधिकारको जगमा उभिएको हाम्रो जस्तो संस्थाले उदाहरण प्रस्तुत गरेर अगुवाइ गर्नु पर्छ,“ महासचिवले भने ।

डेलोइटले तयार पारेको सो प्रतिवेदन अनुसार यौन दुव्र्यवहारको सिकार भएको बताउनेमध्ये आधाभन्दा धेरैले त्यस्तो घटना कार्यालयकै वातावरणमा भएको बताए भने १७.१ प्रतिशतले चाहिँ कार्यालयसम्बन्धी सामाजिक समारोहमा भएको बताएका छन् । २० प्रतिशतभन्दा धेरैले चाहिँ उनीहरूलाई अनुचित लाग्ने यौनसम्बन्धी कथा वा चुट्किला सुनाइएको जानकारी दिएका छन् ।

अन्य १४.२ प्रतिशतले उनीहरूको पहिरन वा शरीर वा यौन क्रियाकलापबारे अनावश्यक  टिप्पणी गरिएको बताए । १३ प्रतिशतले चाहिँ उनीहरूलाई असहज लाग्ने गरि यौनसम्बन्धी कुराकानीमा सामेल गराइएको बताएका छन् । १० प्रतिशत सहभागीले आफूहरूलाई यौन संकेत गरिएको र जसले लाज लागेको बताए । त्यत्तिकै संख्यामा सहभागीले अनुचित स्पर्श गरिएको जनाए ।

दुव्र्यवहार  गर्नेहरूमध्ये दुई तिहाइ पुरुष भएको उल्लेख गरिएको बिबिसीले जनाएको छ । दुव्र्ययवहार भोग्नेमध्ये केवल एक तिहाइले त्यसपछि कुनै कारबाहीका लागि प्रयत्न गरे।

यस्तै गत केही वर्ष यता राष्ट्रसंघको खासगरि अफ्रिकी मुलुकहरूमा रहेका शान्तिसेनाका मिसनविरुद्ध यौन दुव्र्यवहारको आरोप लागेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया