अप्पर हेवा खोलाले २० लाख कित्ता आइपिओ बिक्री गर्ने, गर्ने होइन त लगानी ?

५ बर्ष अगाडि

काठमाडौँ – अप्पर हेवा खोला हाइड्रो पावर कम्पनी लिमिटेडले आगामी फागुनभित्र २० लाख कित्ता साधारण सेयर बिक्री गर्ने तयारी गरेको छ ।

कम्पनीले संखुवासभामा निर्माणधीन ८.५ मेगावाटको हेवा खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

कम्पनलिे सर्वसाधारण र आयोजना प्रभावित स्थानीयका लागि छुट्ट्याइएको २० लाख कित्ता सेयर बिक्री गर्ने तयारी गरेको हो ।

बिक्री गर्ने सेयरमध्ये ५ लाख कित्ता आयोजना प्रभावित स्थानीय र १५ लाख कित्ता सर्वसाधारणका लागि छुट्ट्याइएको कम्पनीले जनाएको छ ।

नेपाल धितोपत्र बोर्डले अनुमति दिएकाले आवश्यक प्रक्रिया पूरा गरी सेयर निष्कासन तथा बाँडफाँड गर्ने कम्पनीले जनाएको छ ।

 कम्पनीले फागुन मसान्तभित्र सेयर निष्कासन गर्ने लक्ष्य राखेको छ । सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल नियुक्त भएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया