स्वास्थ्यचौकी भवन निर्माण

५ बर्ष अगाडि

काठमाडौँ – तारकेश्वर नगरपालिका–१ साङ्ला लखन टोलमा मा रु पाँच करोडको लागतमा स्वास्थ्यचौकी भवन बनेको छ । 

नेपाल सरकारको रु पाँच करोडको लागतमा सुविधासम्पन्न भूकम्प प्रतिरोधी क्षमताको पक्की भवन बनेको नगर स्वास्थ्य शाखा प्रमुख अरुण गिरीले बताउनुभयो । 

पैँतीस कोठा भएको साढे दुईतले भवनमा प्रशासन, जनस्वास्थ्य, बिरामी उपचार, औषधि भण्डार, श्यया र आवास रहने छुट्टाछुट्टै कक्ष छन् । भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गमैत्री भवन निर्माणका लागि नगरपालिकाले जग्गा उपलब्ध गराएको थियो । भवन हस्तान्तरणपछि यसै हप्तादेखि नयाँ भवनबाट सेवा शुरु गरिने प्रमुख गिरीले बताउनुभयो । यसअघि स्वास्थ्यचौकी साविक साङ्गलामा पाँच कोठाको भवनबाट सञ्चालन हुँदै आएको थियो । लामो समयको प्रतीक्षापछि स्वास्थचौकीको नयाँ भवन निर्माण भएकामा तारकेश्वरवासी उत्साहित भएको तारकेश्वर–९ का वडाध्यक्ष बलराम सिटौलाले बताउनुभयो । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया