रेमिट्यान्ट ३१ दशमलव नौ प्रतिशतले बढ्दा विदेश जाने घटे, कस्तो पर्ला अर्थतन्त्रमा प्रभाव

५ बर्ष अगाडि

काठमाडौं – चालु आर्थिक वर्षको पाँच महिनामा विप्रेषण आप्रवाह ३१ दशमलव नौ प्रतिशतले वृद्धि भई रु तीन खर्ब ७६ अर्ब ५९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह शून्य दशमलव आठ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १९ दशमलव दुई प्रतिशतले वृद्धि भएको छ ।

अघिल्लो वर्ष यस्तो आप्रवाह तीन दशमलव दुई प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर आय २९ दशमलव ८ प्रतिशतले वृद्धि भई रु चार खर्ब २८ अर्ब ५९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय शून्य दशमलव पाँच  प्रतिशतले घटेको थियो ।

अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ४० दशमलव दुई प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या दुई दशमलव पाँच प्रतिशतले घटेको थियो । मलेसिया जाने नेपालीको सङ्ख्या उल्लेख्यमात्रामा घटेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया