हालसम्म २४ विकास बैंकले घोषणा गरे, बोनस सेयर र नगद लाभांश, कसको कति

५ बर्ष अगाडि

काठमाडौं – आर्थिक वर्ष २०७४÷७५ को नाफाबाट बोनस सेयर तथा नगद लाभांश घोषणा गर्ने विकास बैंकहरुको संख्या हालसम्म २४ वटा पुगेका छन् ।

हालसम्म घोषणा भएकाअनुसार महालक्ष्मी विकास बैंकले ८ प्रतिशत बोनश सेयर र ७ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

यस्तै साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १७.७ प्रतिशत बोनस सेयर र ०.९३ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

यस्ते हाम्रो विकास बैंकले २.४ प्रतिशत बोनस सेयर र ७.९१ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

काबेली विकास बैंकले ३५ प्रतिशत बोनस सेयर मात्रै वितरण गर्ने घोषणा गरेको छ । कन्काई विकास बैंकले ३ प्रतिशत बोनस सेयर र ६.५ प्रतिशत नगद लाभांश दिने भएको छ ।

आर्थिक वर्ष २०७४÷७५ को नाफाबाट ज्योति विकास बैंकले केवल ८.४ प्रतिशत मात्रै नगद लाभांशको प्रस्ताव गरेको छ । सो बैंकले बोनस सेयरको भने कुने पनि घोषणा गरेको छैन ।

यस्तै गरिमा विकास बैंकले १० प्रतिशत बोसन सेयर र ३.७५ प्रतिशत नगद लाभांशको प्रस्ताव गर्दा मुक्तिनाथ विकास बैंकले १८. २५ प्रतिशत बोनस सेयर र ०.९६ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ ।

सप्तकोशी डेभलपमेन्ट बैंकले ३ प्रतिशत बोनस सेयर र ५.०३ प्रतिशत नगद लाभांशको प्रस्ताव गर्दा एक्सेल डेभलपमेन्ट बैंकले मात्रै १७ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ । बोनस सेयर दिने निर्णय नभएको सो विकास बैंकले जनाएको छ ।

यस्तै तिनाहुँ डेभलपमेन्ट बैंकले १२ प्रतिशत बोनस सयर र ०.६३ प्रतिशत नगद लाभांशको प्रस्ताव गर्दा मितेरी डेभलपमेन्ट बैंकले १७ प्रतिशत बोनस सेयर र ०.८९ प्रतिशत नगद लाभांशको घोषणा गरेको छ ।

कञ्चन डेभलपमेन्ट बैंकले ५ प्रतिशत बोसन सेयर र ६.२९ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ ।

नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकले १ प्रतिशत बोनस सेयर र ६.४२ प्रतिशत नगद लाभांश मात्रै प्रस्ताव गरेको छ ।

कैलाश विकास बैंकले बोनस सेयरको कुनै प्रस्ताव गरेको छैन । यस्तै सो बैंकले १७ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ ।

पूर्णिमा विकास बैंकले ५ प्रतिशत बोनस सेयर र ६.३७ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ ।

मिशन डेभलपमेन्ट बैंकले ११ प्रतिशत बोनस सेयर र ०.५७ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ ।

यस्तै गण्डकी विकास बैंकले बोनस सेयरको कुने प्रस्ताव गरेको छैन । उसले मात्रै १४.२ प्रतिशत नगद लाभांश दिने घोषणा गर्दा सहयोगी विकास बैंकको पनि अवस्था उस्ते रहेको छ । सो बैंकले बानस सेयर तर्फ कुनै ध्यान दिएको छैन । उसले मात्रै १७ प्रतिशत नगद लाभांश मात्रै प्रस्ताव गरेको छ ।

सांग्रिला डेभलपमेन्ट बैंकले ४ प्रतिशत बोनस सेयर र ५.४५ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ ।

लुम्बिनी विकास बैंकले १७ .३५ प्रतिशत बोनस सेयर प्रस्ताव गर्दा नगद लाभांश दिने तर्फ कुने चासो देखाएको छैन ।

यस्तै भार्गव विकास बैंकले मात्रै ६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । ओम डेभलपमेन्ट बैंकले १२.७ प्रतिशत बोनस सेयर मात्रै वितरण गर्ने प्रस्ताव गरेको छ ।

यस्तै साहारा विकास बैंकले १२.३ प्रतिशत बोनस सेयर र ०.६ प्रतिशत नगद लाभांश मात्रै प्रस्ताव गरेको छ ।

नेपाल स्टक एक्सचेञ्जमा सूचीकरण भएका कूल ३३ मध्ये अझै ९ वटा विकास बैंकले गत आवको मुनाफाबाट बोनस सेयर र नगद लाभांशको प्रस्ताव गरेका छैनन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया