माछापुच्छ्रे बैंकको नाफा ११० प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी समेत बढ्यो

५ बर्ष अगाडि

काठमाडौँ – माछापुच्छ्रे बैंकले चालु आर्थिक बर्षको ६ महिनामा ११० प्रतिशतले नाफा बढाएको विवरण प्रकाशित गरेको छ । यो गत बर्षको पुससम्मको तुलनामा बृद्धि भएको नाफा हो।

बैंकले पुस मसान्तसम्ममा रु ७८ करोड १३ लाख नाफा गरेको छ भने अघिल्लो बर्ष रु ३७ करोड १६ लाख मात्रै नाफा गरेको थियो ।

छ महिनाको अवधिमा बैंकले रु ८५ अर्ब १७ करोड निक्षेप संकलन गरि रु ७४ अर्ब ६५ करोड ऋण लगानी गरेको छ । गत बर्षको यहि अवधिमा बैंकले रु ६५ अर्ब ७९ करोड निक्षेप संकलन गरि रु ६० अर्ब ७ करोड ऋण लगानी गरेको थियो।

खुद व्याज आम्दानी ५३ प्रतिशतले सुधार हुँदा रु एक अर्ब ६९ करोड आर्जन गरेको छ। व्याज आम्दानी ४१ प्रतिशतले बढ्दा व्याज खर्च रु ३५ प्रतिशतले मात्रै बढेको छ ।

बैंकको खराव कर्जा ०.११ प्रतिशत विन्दुले बढेर ०.४४ प्रतिशत पुगेको छ। प्रति शेयर आम्दानी रु ७ ले बढ्दा कूल रु  १९ पुगेको छ। आधार व्याज दर थप ०.११ प्रतिशत विन्दुले बढेर १०.९९ प्रतिशत पुगेको छ।

५ बर्ष अगाडि

प्रतिक्रिया