राजपा अध्यक्षमण्डलको बैठक आज बस्दै

५ बर्ष अगाडि

राजपाको आज दिउँसो १ बजे अध्यक्षमण्डलको बैठक बोलाइएको छ । सो बैठकबाट संयोजक फेर्नेबारे छलफल हुने बताइएको छ । महेन्द्रराय यादव दिल्लीमा रहेको र उनी आएपछि बैठक बस्नेछ । 
राजपा नेपालको विधान अनुसार चक्रिय प्रणालीको आधारमा अध्यक्षमण्डलको संयोजक अब महेन्द्रराय यादव हुनेछन् । 

२०७४ बैशाख ७ गते स्थापना भएको राजपा नेपालको अध्यक्षमण्डलको पहिलो संयोजक महन्थ ठाकुर थिए ।

त्यसपछि मंसिर ४ गते बसेको अध्यक्षमण्डलको बैठकले बहुमतको निर्णयबाट उनलाई हटाएर राजेन्द्र महतो संयोजक बनाइएको थियो ।

५ बर्ष अगाडि

प्रतिक्रिया