कृषि तथा पशुपन्छी बीमा बापत निर्जीवन बीमा कम्पनीद्धारा ८ वर्षमा साढे ५ अर्ब बीमा शुल्क आर्जन

२ बर्ष अगाडि

काठमाडौं - कृषि तथा पशुपन्छी बीमा बापत निर्जीवन बीमा कम्पनीहरुले आठ वर्षमा साढे पाँच अर्ब बीमाशुल्क संकलन गरेका छन् ।  बीमा समितिको तथ्यांकले यस्तो देखाएको हो ।  समितिको तथ्यांक अनुसार कृषि बीमा शुरु भएको पहिलो आर्थिक वर्ष २०७०/७१ मा ३ करोड ४० लाख रुपैयाँ मात्रै बीमाशुल्क आर्जन गरेको छ ।

यस्तै आर्थिक वर्ष २०७१/७२ मा १६ करोड १० लाख रुपैयाँ, आर्थिक वर्ष २०७२र७३ मा २७ करोड ८७ लाख रुपैयाँ, आर्थिक वर्ष २०७३/७४ मा ४२ करोड ५९ लाख रुपैयाँ र आर्थिक वर्ष २०७४/७५ ५७ करोड ४३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको बीमा समितिको तथ्यांक छ ।

यस्तै आर्थिक वर्ष २०७५/७६ देखि भने कृषि तथा पशुपन्छी बीमा बापत अर्ब बढी बीमाशुल्क आर्जन गर्न थालेको बीमा समितिले जनाएको छ । समितिको तथ्यांक अनुसार उक्त आर्थिक वर्षमा निर्जीवन बीमा कम्पनीहरुले कृषि तथा पशुपन्छी बीमा बापत १ अर्ब ४७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।

यस्तै आर्थिक वर्ष २०७६/७७ मा १ अर्ब १८ करोड १७ लाख रुपैयाँ र आर्थिक वर्ष २०७७/७८ मा १ अर्ब ९० करोड २२ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको समितिको तथ्यांक छ ।

सरकारले कृषि बीमाको लागि ४ अर्ब १६ करोड रुपैयाँ अनुदान दिएको छ । कृषि तथा पशुपन्छी बीमा सुरु भएदेखि नै सरकारले कृषि बीमा बापत २९ करोड ५२ लाख रुपैयाँ र पशुपन्छी बीमा बापत ८ अर्ब ८६ करोड गरी सो बराबरको रकम अनुदान दिएको हो ।

कृषि बीमा अन्तरगत पशुपंछी पालन, माछा पालन, बाली, तरकारी, फलफुल खेती आदि व्यवसायहरूको बीमा गर्न सकिन्छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया