लगानीकर्ताले ५ महिनामा कति गुमाए? ३७ प्रतिशतले सेयर बजार धाटा

५ बर्ष अगाडि

काठमाडौं–चालु आर्थिक वर्षको पाँच महिनामा सेयर कारोबार भने ३७.६ प्रतिशतले ह्रास आएर ६ अर्ब ६३ करोड रुपैयाँमा झरेको छ । गत वर्षको यसै अवधिमा १० अर्ब ६३ करोड रुपैयाँ थियो ।
यो पाँच महिनामा नेप्से सुचकांक २४.४ प्रतिशतले घटिसकेको छ । गत वर्ष १५२०.२ विन्दुमा रहेको  नेप्से परिसुचक  यो पाँच महिनामा ११४८.८ विन्दुमा सिमित भएको छ । 

यता, पाँच महिनामा साढे १४ अर्ब रुपैयाँ बराबरको सेयर सूचीकृत भएको छ । यसमा ३ अर्ब ५ करोडको आइपिओ,  ६ अर्ब बराबरको हकप्रद सेयर र  ५ अर्ब ४७ करोड रुपैयाँको बोनस सेयर  गरी १४ अर्ब ५२ करोड रुपैयाँ बराबरको सेयर सूचीकृत भएको हो । 

नेपाल स्टक एक्सचेनजमा सूचीकृत सेयरको चुक्ता मूल्य बार्षिक विन्दुगत आधारमा  १७.५ प्रतिशतले बृद्धि भएर ३ खर्ब ६३ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ ।
 
मंसिर मसान्तसम्म नेप्सेमा १९८ कम्पनी सूचीकृत रहेका छन् । जसमा सबैभन्दा बढी बैंक तथा वित्तिय संस्थाको संख्या रहेको छ । १४७ वटा बैंक तथा वित्तिय संस्था रहेका छन् । यसमा बिमा कम्पनी पनि समेटिएको छ । यसले सेयर बजारमा बैंक तथा वित्तिय संस्थाको वर्चस्व रहेको देखाउँछ । 

 १८ वटा प्रशोधन तथा उत्पादन उद्योग छन् भने २१ वटा जलविद्युत कम्पनी रहेका छन् । ४ वटा होटल, ४ वटा व्यापारिक संस्था र ४ वटा अन्य समुह रहेका छन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया