ठ्यामका ठ्याम गरेर प्रचण्डले मुलुकको विकासलाई अस्तव्यस्त बनाएः पौडेल

५ बर्ष अगाडि

चितवन – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली संसद र प्रतिपक्षसँग भाग्दै हिँडेको आरोप लगाएका छन् । 

 चितवनको मंगलपुरमा विश्वप्रकाश माध्यामिक विद्यालयको भवन शिलान्यास कार्यक्रममा बोल्दै पौडेलले मुलुकमा सुशासन, सुरक्षा र विकास विथोलिएको भन्दै यो सामना गर्न नसकेर प्रधानमन्त्री संसद र प्रतिपक्षबाट भाग्न लागेको आरोप लगाए । 
उनले भने, ‘सरकारले तीनवटा मुख्य काममा ध्यान केन्द्र्रीत गर्नुपर्नेमा तीनै काममा असफल भएको छ । सुरक्षा विकास र सुशासन सरकारले ध्यान दिनुपर्ने विषय हुन तर सरकार यी तीनै विषयमा असफल भइसक्यो ।’

 नेता पौडेलले बर्तमान कम्युनिष्ट पार्टीलाई काम सुवर्ण अवसर पाएको बताउदै भने–‘यो सरकारले काम गर्ने सुवर्ण अवसर पाएको छ । कांग्रेस जस्तो भद्र र अनुसाशित प्रतिपक्ष पाएको छ । कम्युनिष्ट सरकारले काम गर्ने बेला हो । वातावरण पनि अनुकुल छ ।’

उनले काम गर्ने सुवर्ण अवसर पाएपनि कम्युनिष्ट सरकार देशलाई सुशासन  दिने काम गर्न नसकेकोबताए । 
नेता पौडेलले कम्युनिष्ट पार्टीका एउटा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्रका कारण विकास हुन नसकेको भन्ने अभिव्यक्ती प्रति आपत्ती जनाउँदै भने–‘कम्युनिष्ट पार्टीका एउटा अध्यक्ष पुष्पकमल दाहालले लोकतन्त्रका कारण विकास हुन नसकेकोभन्दै हुनुहुन्छ । लोकतन्त्र नभएको भए ठ्यामका ठ्याम विकास हुन्थ्यो भन्नुहुन्छ । उहाँले १० वर्षे द्धन्दमा ठ्यामका ठ्याम गरेर मुलुकको विकासलाई अस्तव्यस्त बनाउनुभयो ।’

५ बर्ष अगाडि

प्रतिक्रिया