राजेन्द्र महतो नेतृत्वबाट बाइबाइ

५ बर्ष अगाडि

काठमाडौं–राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको संयोजक फेरिएका छन् । 
आज बसेको अध्यक्षमण्डलको बैठकले महेन्द्रराय यादवलाई संयोजकको जिम्मेवारी सुम्पेको छ । पार्टीको विधान अनुसार दुई दुई महिनाको चक्रिय प्रणाली अनुसार संयोजक फेरिने व्यवस्थाअनुसार भोलिदेखि यादव नयाँ संयोजक बन्नेछन् । हाल संयोजक रहेका राजेन्द्र महतो पदबाट बिदा भएका छन् । 
पार्टी स्थापना भएदेखि २० महिनासम्म आपसी सहमतिमा महन्थ ठाकुर संयोजक थिए ।
तर पार्टीको हित विपरित काम गरेको भन्दै मंसिर ४ गते बैठक बसि ठाकुरलाई संयोजकबाट हटाएर महतो बनेका थिए । 
महेन्द्र राय यादवको कार्यकाल चैत ४ गते सकिनेछ । त्यसपछि शरतसिंह भण्डारी संयोजक बन्ने छन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया