अमेरीकी डलर साट्न प्यान नम्बर चाहिने

५ बर्ष अगाडि

अब ५ हजार भन्दा बढीको अमेरीकी डलर साट्न प्यान नम्बर अनिवार्य चाहिने भएको छ । शिक्षा, आप्रवासन, स्वास्थ्य लगायतको प्रयोजनको लागि पाँच हजार भन्दा बढी डलर साट्न चाहने नेपालीको प्यान नम्बर अनिवार्य हुनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । 

यस्तो प्यान नम्बर उपरोक्त सम्बन्धमा सटही माग गर्ने व्यक्ति वा निजको एकाघर परिवारका सदस्यमध्य आमा वा बुबा कुनै एकको भएपनि हुनेछ । 

राष्ट्र बैंकले एक पासपोर्ट बराबर १५ सय डलरसम्मको सटही सुविधाको व्यवस्था गरेको छ । यसअघि २५ सयसम्म साट्न पाइन्थ्यो । विदेशी विनिमयमको सञ्चिती घटेपछि डलर सटहीको सिमा केन्द्रिय बैंकले घटाएको हो । हाल केन्द्रिय बैंकसँग ९ अर्ब २९ करोड डलर सञ्चिती छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया