उपेन्द्रको फोरममा माओवादी मिल्यो

५ बर्ष अगाडि

काठमाडौँ– सङ्घीय समाजवादी फोरम नेपालमा नेपाल कम्युनिष्ट पार्टी माओवादी–कम्युनिष्ट केन्द्र समाहित भएको छ । 
आज यहाँ आयोजित कार्यक्रममा फोरम नेपालमा केशव दाहाल नेतृत्वको नेकपा कम्युनिष्ट केन्द्र समाहित भएको हो । फोरमका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले एकीकृतका संयोजक दाहाललाई टीका लगाएर पार्टीमा समाहित गरेका हुन् । 
अध्यक्ष यादवले मुलुकमा सङ्घीय समाजवादी फोरम नेपालको विकल्प नै नरहेको बताए । 
तत्कालीन नेकपा माओवादी शान्ति प्रक्रियामा आएपछि विसं २०६२ मा केशव दाहालको नेतृत्वमा उक्त पार्टी स्थापना गरिएको थियो । 

५ बर्ष अगाडि

प्रतिक्रिया