यस्तो रहेछ एलियनको  भनिएको  अस्थीपञ्जरको रहस्य

६ बर्ष अगाडि

काठमाडौँ- १५ वर्ष अगाडी चिल्लीको ‘अटाकामा’ मरुभूमीमा पाइएको रहस्यमयी अस्थीपञ्जर तपाईँ हामीले देख्ने मानिस जस्तो देखिँदैन । खासमा यसलाई हेर्ने धेरैले ‘एलियन’ को अस्थीपञ्जर मान्दै आएका थिए । 

यो रहस्यात्मक अस्थीपञ्जरमा अनौंठो विशेषताहरु रहेका छन् । यसको उचाई ६ इन्च मात्र रहेको छ । प्रारम्भिक अनुमानले यो अस्थीपञ्जर ६ देखि ८ वर्ष उमेरको बच्चाको भएको मानिएको थियो । 

लाम्चो र कोणात्मक खप्पर, केही टेढो आँखाको खाल्टो र सामान्यभन्दा थोरै सङ्ख्यामा रहेको औंलाको सङ्ख्याले यसको रहस्यमा थप गहिरो बनाएको थियो ।

यसका सम्बन्धमा रहेका कयौं अनुत्तरित प्रश्नहरुले गर्दा केहीले यसलाई पहिले पत्ता नलागेको बाँदरको एक प्रजाती वा वाह्य ग्रहको जीव हो कि भन्ने सबाल उठाएका थिए ।

‘अटा’ नाम दिइएको यस अस्थिपञ्जरबारेमा टीभी शोहरु र एक वृत्तचित्र बनेको छ । ‘सिरियस’ नामक वृत्तचित्रमा वाह्य ग्रहका बस्तुका एक खोजकर्ताले ‘अटा’को उद्भव पत्ता लगाउने प्रयास गरेका छन् ।

अहिले पाँच वर्ष जिनोम विश्लेषणको आधारमा अध्ययन गरेका अनुसन्धानदाताहरुले यसको यथार्थ पत्ता लगाएका छन् । अनुसन्धानले ‘अटा’ मानवकै अस्थीपञ्जर भनेर पत्ता लगाएको छ,  जुन जिनमै हड्डीको बहु विकार भएको मानिसको  हो । बिहिबार ‘जिनोम रिसर्च’ जर्नलमा प्रकाशित लेखका लेखकहरुले यस अनुसन्धानले जिनमा आएको गडबढीको उपाचारमा सहयोग पुग्ने विश्वास गरेका छन् ।
-एजेन्सीको सहयोगमा 

६ बर्ष अगाडि

प्रतिक्रिया