सधै जवान देखिइरहने १५ आइडिया

चैत १२, २०७४ | आजको अर्थ
ajaako_artha

१. तपाईंको आँखीभौँ भद्दा र गलत सेपको छ भने त्यसलाई ट्रिम गरेर नयाँ लुक दिनुहोस् । तपाईं आफ्नो उमेरभन्दा केही कम देखिनुहुनेछ ।

२. हरेक दिन अनुहार, हात र घाँटीमा मोइस्चराइज गर्नुहोस् । त्यसले तपाईंको छालालाई ताजा र स्वस्थ देखाउँछ ।

३. निद्रा पूरा गर्नु जरुरी छ । यसो गर्दा तपाईंको शरीरले आराम र पुनर्ताजगी पाउनेछ । निद्राको कमीले मानिसलाई चाँडै बुढ्यौलीर्फ लैजान्छ । त्यसैले दैनिक ८ घन्टा सुत्नुहोस् ।

४. शरीरमा सुगरको मात्रा बढ्यो भने समस्या धेरै आउँछ । चाउरीपन बढ्ने खतरा रहन्छ । त्यसैले सुगरको मात्रा कम गर्नुहोस् । मिठाइ, सोडाजस्ता खाद्यान्न नखानुहोस् ।

५. भिटामिन सीयुक्त खानेकुरा पर्याप्त खानुहोस् । तपाईंको दैनिक खाद्यान्नमा ७५ एमजीबराबर भिटामिन सी समावेश हुनु आवश्यक छ । दुईवटा मध्यम साइजका सुन्तलामा योबराबर मात्रा पाइन्छ । तपाईंको उमेर र तौल हेरेर भिटामिन सीको प्रयोग योभन्दा बढी पनि गर्नुपर्ने हुन सक्छ । यसले चाउरीपन बढ्नबाट जोगाउँछ ।

६. दाँतलाई सधैँ सेतो राख्नुहोस् । राम्रो टुथपेस्ट प्रयोग गर्नुहोस् । चम्किलो र सेतो दाँतले तपाईंलाई हँसिलो र युवा देखाउँछ ।

७. चिया र कफीले तपाईंको दाँतमा असर गरिरहेका हुन्छन् । त्यसैले यसको सेवन कम गर्नुहोस् ।

८. तपाईंको खुट्टा र हातले पनि तपाईंको उमेरमा फरक पार्छ । त्यसैले हात–खुट्टा सधैँ सफा र टिपटप राख्नुहोस् ।

९. नियमित आँखाजाँच गर्नुहोस्, किनकि तपाईंले थाहा नपाई तपाईंको आँखाको शक्ति बिस्तारै कम हुँदै गएको हुन सक्छ ।

१०. तपाईंको छालामा खैरो दाग तथा चाया, पोतो देखिएको छ भने त्यसको प्राकृतिक उपचार सुरु गर्नुहोस् । कागतीको जुसमा हल्का पानी मिसाएर प्रयोग गर्न सक्नुहुन्छ । कागतीले ब्लिचको काम गर्नुका साथै बिस्तारै तपाईंका दागहरूलाई कम गर्दै लैजान्छ ।

११. लाइट कलरको आइस्याडो लगाउँदा तपाईंको आँखा चम्किलो देखिन्छ । यसले तपाईंलाई भर्खरको देखाउँछ । तर, चम्किलो देखाउने नाममा कडा केमिकलयुक्त आइस्याडोको प्रयोग गर्नुभयो भने चाउरीपन बढ्ने खतरा रहन्छ ।

१२. लाइट कलरका पोसाकले तपाईंलाई भर्खरको देखाउँछ । तर, कपडाको चयन गर्ने विषय तपाईंको व्यक्तिगत हो । कपडा छान्दा आफूलाई कस्तो सुहाउँछ, त्यही आधारमा छान्नुहोस् ।

१३. सुत्ने वेलामा मेकअप हटाउनुहोस् । स्वस्थ रहन र ब्लक भएका पोर्सहरू खोल्न पनि मेकअप हटाउनु जरुरी छ । दिनभरि तपाईंको छालामा जम्मा भएका प्रदूषण मेकअप नपुछेको खण्डमा जस्ताको तस्तै रहन्छन् र तपाईंको छालालाई ड्यामेज गर्छन् ।

१४. जवान देखिने अर्को उपाय हो, प्राकृतिक उत्पादनहरूको प्रयोग । ओलिभ, नरिवल, स्विट आल्मन्डलगायत तेलले राम्रो मोइस्चराइजर, क्लिन्सर र अलराउन्ड ब्युटीको काम गर्छन् ।

१५. लिपस्टिक छनोट गर्दा ध्यान दिनुहोस् । विनामेकअपमा डार्क लिपस्टिक प्रयोग गर्दा तपाईं उमेरभन्दा बढीको देखिनुहुन्छ भने लाइट लिपस्टिक प्रयोग गर्दा भर्खरको । त्यसैले चम्किलो र लाइट लिपस्टिकको प्रयोग गर्नुहोस् ।


 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११४.७२११५.३२
European Euro१२४.२६१२४.९१
UK Pound Sterling१४८.७४१४९.५२
Swiss Franc११७.२२११७.८३
Australian Dollar७५.६६७६.०५
Canadian Dollar८६.२७८६.७२
Singapore Dollar८१.९५८२.३८