‘मिसेस ब्यूटी क्वीन’ बनिन् शान्ति

५ बर्ष अगाडि

काठमाडौं – ‘लेट मि इन मिसेस ब्यूटी क्वीन २०१९’को ताज शान्ति लिम्बूले जितेकी छन् । काठमाडौँ धुम्बाराहीकी २९ वर्षीया लिम्बुले  २२ प्रतियोगीलाई पछि पर्दै उपाधि हात पारेकी हुन् ।

शनिबार अबेर राती प्रज्ञाभवन कमलादीमा आयोजित प्रतियोगितामा उनले ‘पर्सनालिटी अवार्ड’ समेत हात पारेकी छन् । उनलाई अघिल्लो बर्षकी बिजेता सदिक्षा अर्यालले ताज लगाइदिएकी थिइन् । 

सिजन मिडियाको आयोजना रहेको प्रतियोगिमा ज्ञानेश्वरकी ३० वर्षीया मनिषा विमली फष्टरनर अप र सानो भ¥याङ्की ३५ वर्षीया जयन्ती गौतम सेकेन्ड रनरअप चुनिए ।

त्यस्तै थर्डरनरअप पार्वती खत्री, फोर्थ रनरअप विजया काफ्ले घोषित हुँदा प्रमिला मण्डारी, कल्पना आचार्य, मेनुका श्रेष्ठ, समेनु वराल र अम्विका थापा क्रमश पाँचौ, छैठो, सातौ, आठौ र नवौं रनरअप भए ।

विवाहित महिलाको प्रतिभा निखार्दै क्षेमता अभिबृद्धी गर्ने उदेश्यले प्रतियोगीता आयोजना गरिएको आयोजक संस्थामा प्रमुख प्रदीप राज वन्तले जानकारी दिए ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया