काङ्ग्रेस र कम्युनिष्टको हातमा सत्ता रहेसम्म पहिचान र अधिकार सुनिश्चित हुँदैन

५ बर्ष अगाडि

ललितपुर-सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले काङ्ग्रेस र कम्युनिष्टको हातमा सत्ता रहेसम्म उत्पीडित जनताको पहिचान र अधिकार सुनिश्चित नहुने बताएका छन् । उनले उक्त कुरा शनिवार ललितपुरमा आयोजित सङ्घीय समाजवादी फोरम, नेपाल गैरभोगोलिक राजधानी विशेष जिल्ला समितिको पुनर्गठन भेलाको प्रमुख अतिथ्यता ग्रहण गर्दै बताएका हुन् ।
नेता श्रेष्ठले ससफो नेपालले सिंहदारवारको सत्ता हल्लाउने तागत जुटाउन सम्पूर्ण पेसा व्यवसायीहरू संगठित हुने गैरभौगोलिक राजधानी विशेष जिल्ला समिति बलियो हुनुपर्ने बताए । ससफोको यस विशेष जिल्ला अन्तर्गत बुद्धिजीवी, मजदूर, पेसाकर्मी तथा उद्यमी व्यवसायी ४ वटा विशेष क्षेत्रहरू तथा त्यस मातहत इलाका समितिहरू रहने वैधानिक व्यवस्था रहेको छ ।
गैरभौगोलिक विजिसका अध्यक्ष विष्णु साहले अध्यक्षता र पार्टीका वैकल्पीक केन्द्रीय सदस्य सन्तोष सिलवालले सञ्चालन गरेको उक्त भेलामा पार्टी केन्द्रीय सदस्य तथा ३ नम्बर प्रदेशका उपाध्यक्ष मञ्जु अन्सारीले स्वागत गरका थिए । उक्त भेलाले लोकतान्त्रिक ढङ्गले चारवटै क्षेत्र र मातहतका इलाकाहरूको समेत प्रतिनिधित्व हुने गरी २७ सदस्यीय विशेष जिल्ला समिति गठन गरेको छ । समितिका पदाधिकारीहरू निम्नानुसार रहेका छन :
१. अध्यक्ष वीरेन्द्र ठाकुर
२. उपाध्यक्ष उमेश चन्द्र साह
३. सचिव दयाराम राई
४. उपसचिव कुवेर तिमल्सेना
५. कोषाध्यक्ष फूलकुमारी पजियार ।
भेलाको अन्त्यमा पार्टी केन्द्रीय सदस्य तथा सहइन्चार्ज कृष्ण वहादुर घःजु, उपाध्यक्ष न्हुच्छेलाल महर्जन र पूर्व अध्यक्ष विष्णु साहले नवगठित विशेष जिल्ला समितिलाई सफलताको शुभकामना तथा वधाई ज्ञापन गरेका थिए भने प्रमुख अतिथि सहअध्यक्ष श्रेष्ठले शपथ ग्रहण गराएका थिए । भेलामा पार्टी केन्द्रीय सदस्य तथा ३ नम्बर प्रदेशका इन्चार्ज आङ्देण्दी शेर्पा, अध्यक्ष लाल वहादुर तामाङ, उपाध्यक्ष विद्युत वज्राचार्य, मुख्य सचिव तारा सिं विश्वकर्मा, सचिव प्रचण्ड पौडेल, सदस्य रिता अग्रवाल, बौद्धिक पेसाकर्मी महासङ्घका इन्चार्ज नहेन्द्र प्रधान, केन्द्रीय निर्वाचन समिति सदस्य विमल विश्वकर्मा लगायतको पनि उपस्थिति रहेको थियो । 

५ बर्ष अगाडि

प्रतिक्रिया